+
+
Shares

बाढीपीडितलाई राहत दिन राष्ट्रिय जनमोर्चाले माग्यो सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७५ असार १९ गते १४:२०

१९ असार, काठमाडौं । राष्ट्रिय जनमोर्चाले वर्षा याममा बाढीपहिरो पीडितलाई राहत वितरणका लागि सहयोग संकलन सुरु गरेको छ । उक्त पार्टीले आफ्नै विपद व्यवस्थापन कोष निर्माण गरी देश विदेशबाट सहयोग आहृवान गरेको हो ।

वर्षायाममा नेपालमा बाढी पहिरोबाट धेरै नै क्षति पुग्ने सम्भावना रहेको भन्दै जनमोर्चाले सहयोग संकलन अभियान सुरु गरेको हो ।

‘आगामी वर्षा मौसममा बाढी वा पहिरोबाट पुग्ने क्षतिको लागि राहत वितरण गर्नका लागि पनि हामीले देशभित्र, प्रवास वा विदेशमा भएका सबै नेपालीहरुसित सहायता संकलन गरी शीघ्र हाम्रो पार्टीको कार्यालयमा पठाउन अनुरोध गर्दछौ’ जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

गत वर्ष पनि देशभित्र र बाहिरबाट संकलित रकम ८१ लाख रुपैयाँको राहत वितरण गरिएको भन्दै जनमोर्चाले यसवर्ष कोषमा जतिसक्दो छिटो बढी भन्दा बढी रकम पठाउन अपिल गरेको छ ।

ुवर्षा बढ्नुका साथै त्यसरी जनधनको धेरै नै क्षति पुग्ने सम्भावना छ । त्यसरी देशभित्र वा बाहिरका विभिन्न स्थानहरुबाट आउने सहायताबाट बाढी र पहिरोबाट पीडित जनतालाई केही सहायता पुग्यो भने पनि त्यो खुसीको कुरा हुनेछु जनमोर्चाले भनेको छ ।

बाढी पहिरोको प्रकोप सुरु भएको भन्दै जनमोर्चाले क्षतिग्रस्त स्थानहरुमा तुरुन्त उद्धार तथा राहतको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?