Comments Add Comment

कांग्रेस सांसदहरुलाई गंगामायाको प्रश्नः मेरो सिउँदो पुछ्नेले के न्याय देलान् र ?

२० असार, काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले आमरण अनसनरत गंगामाया अधिकारीलाई भेटेका छन् ।

बुधबार बसेको कांग्रेस संसदीय दलको बैठक अधिकारीको अवस्था बुझ्न पार्वता डि.सी चौधरी, डा. अमरेश कुमार सिंह र देवप्रसाद तिमिल्सिना रहेको टोली खटाएको छ ।

लगतै वीर अस्पताल पुगेर सांसदहरुले अधिकारीलाई भेटेका छन् । सांसद अमरेशकुमार सिंहले आफूहरु कांग्रेस सांसद भएको र न्याय दिलाइने बताए ।

अर्का सांसद तिमल्सिनाले भने, चिन्ता गर्नु पर्दैन, हामीले संसदमा कुरा उठाएका छौं, आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला ।’ उनले हाम्रोमार्फत सरकारलाई ध्यानाकषर्ण गराउने केही छ भनेर अनरनसत अधिकारीलाई प्रश्न सोधे ।

अनसनरत अधिकारीले सानो स्वरमा भनिन्, मेरो सिउँदो पुग्छेले के न्याय देलान् र ? भनेकी छन् ।

कांग्रेस सांसदहरुले भने संसदमा आवज उठाउने र न्याय दिलाउने आश्वासन दिएका छन् ।

छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आएकी गोरखा फुजेलकी गंगामाया अधिकारी पछिल्लो पटक जेठ १५ बाट अस्पतालमै आमरण अनसन बसेकी छन् । केही वर्षअघि अनसनकै क्रममा उनको श्रीमानको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment