Comments Add Comment

रियल मड्रिडले भन्यो : एमबाप्पे ल्याउने हल्ला झुटो हो

२१ असार, काठमाडौं । रसिया विश्वकपमा उत्कृष्ट खेल देखाइरहेका फ्रान्सका स्ट्राइकर केलियन एमबाप्पे स्पेनिस क्लब रियल मड्रिड आउने खबर झुटो भएको क्लबले जनाएको छ ।

पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट क्लब फुटबल खेल्ने एमबाप्पेलाई रियल मडि्रडले ल्याउन सम्झौता गरेको खबर बाहिरिरहेका बेला त्यसमा कुनै सत्यता नभएको मड्रिडले जनाएको हो ।

रियल मड्रिडले पीएसजीका फरवार्ड एमबाप्पेसँग कुनै किसिमको सम्झौता नभएको दाबी गरेको छ । बुधबार आएका खबरमा रियल मड्रिडले एमबाप्पेका बारेमा पीएसजीसँग सम्झौता गरेको दाबी थियो ।

रियल मड्रिडले विज्ञप्ति निकालेर भनेको छ, ‘रियल मड्रिडले पीएसजीका खेलाडी वा पीएसजीलाई कुनै किसिमको प्रस्ताव गरेको छैन । यस किसिमका झुटा खबरप्रति निन्दा गर्दछौँ ।’

यसअघि गएको सोमबार रियल मड्रिडले पीएसजीमै रहेका ब्राजिलियन स्ट्राइकर नेइमारका लागि विश्व कीर्तिमानी मूल्य प्रस्ताव गरेको खबर आएको थियो । जसलाई रियल मड्रिडले अस्वीकार गरेको थियो ।

स्पेनिस सञ्चारमाध्यम एएसले बुधबार फ्रान्सेली पत्रकारको ट्वीटलाई उद्धृत गर्दै रियल मड्रिडले १९ वर्षका एमबाप्पेका लागि २ सय ७२ मिलियन युरोको प्रस्ताव गरेको र त्यसमा दुई क्लबबीच सहमति भएको खबर प्रकाशित गरेको थियो ।

एमबाप्पे गएको वर्षको अगस्टमा लोनमा मोनाकोबाट पिएसजी आएका हुन् र उनी यहि जुलाईमा १ सय ६६ मिलियन पाउण्डमा पीएसजीमा स्थायी हुँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment