Comments Add Comment

यस वर्षको फोटो प्रतियोगितामा उत्कृष्ट ठहरिएका १९ फोटो

फोटो अफ दि इयर उपाधि विजेता नरेन्द्र श्रेष्ठले खिचेको फोटो ।

२१ असार, काठमाडौं । फोटो पत्रकार क्लबको आयोजनामा भएको आइएमई-ग्लोबल-आइएमई नेपाल फोटो प्रतियोगिता २०७५ को उपाधि नरेन्द्र श्रेष्ठले जितेका छन् ।

श्रेष्ठले गत वर्ष सप्तरीको कुलारी गाउँमा खिचेको बाढीका कारण मृत्यु भएका पाँच वर्षीय बालकलाई अभिभावकले कोशी नदीमा बगाउदै गरेको फोटो यो वर्षको आइएमई-ग्लोबल-आइएमई फोटो अफ द इयर घोषित भएको हो । उपाधिसँगै श्रेष्ठले १ लाख रुपैयाँ पुरस्कार पाएका छन् । पुरस्कार विजेता श्रेष्ठले पाएको १ लाखमध्ये ७० हजार रुपैयाँ सोही परिवारलाई नै दिने घोषणा गरेका छन् ।

फोटो पत्रकार क्लबले नेपाल स्माइल, डेलीलाइफ, न्युज, नेचर एण्ड वाइल्डलाइफ, कल्चर एण्ड टुरिजम र स्पोर्टस् विधामा पहिलो, दोस्रो र तेस्रो फोटो चयन गर्दै पुरस्कार वितरण गरेको छ ।

हेर्नुस् कुन विधामा कुन फोटो उत्कृष्ट भए ?

नेपाल स्माइल विधामा पहिलो भएको दीपेन्द्र रोक्काले खिचेको फोटो । काठमाडौंको कीर्तिपुरको पोखरीमा पौडी खेलेका बालक ।
नेपाल स्माइल विधामा दोस्रो भएको नरेन्द्र श्रेष्ठले खिचेको फोटो । काठमाडौंको पशुपति वृद्धाश्रममा रहेकी १०० वर्षकी तीर्थमाया राई ।
नेपाल स्माइल विधामा तेस्रो भएको सुरज श्रेष्ठले खिचेको फोटो । हिलो खेलेर रमाइलो मान्दै गरेका बालकहरु ।
डेली लाइफ विधामा पहिलो भएको सुनीता डंगोलले खिचेको फोटो । ललितपुरको ताल्छीखेलमा धुलैधुलो भएको सडकमा यात्रा गर्दै एक महिला ।
डेली लाइफ विधामा दोस्रो भएको दुर्गा राना मगरले खिचेको फोटो । जुम्लाको पाण्डवगुफामा पाल्तु जनावरलाई बुई बोक्दै गरेका किसान ।
डेली लाइफमा तेस्रो भएको केशव थापाले खिचेको फोटो । कञ्चनपुरको दोधरा र चाँदनी गाउँ जोड्ने नेपालकै लामो महाकाली नदीको झोलुंगे पुल ।
न्युज विधामा पहिलो भएको अंगद ढकालले खिचेको फोटो । जुन २०, २०१६ मा अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती बम बिस्फोटनमा परी मृत्यु भएका जितेन्द्र थापाकी पत्नी संचिता थापा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शोकविहवल अवस्थामा ।
न्युज विधामा दोस्रो भएको संजोग मानन्धरले खिचेको फोटो । काठमाडौंको बौद्धमा भेल अाएको सडकमा अपांगता भएका व्यक्तिको ह्वीलचेयर तानेर सहायता गर्दै विद्यार्थी ।
न्युज विधामा तेस्रो भएको स्कन्द गौतमले खिचेको फोटो । काठमाडौंमा दुर्घटनाग्रस्त युएस बंगला एयरलाइन्सको विमान ।
नेचर एण्ड वाइल्ड लाइफ विधामा पहिलो भएको श्रीराम खत्रीले खिचेको फोटो । चितवन राष्ट्रिय निकु्ञ्जमा भारी बोकेर खोला तर्दै गरेका सर्वसाधारण नजिकै एकसिंगे गैंडा ।
नेचर एण्ड वाइल्ड लाइफमा दोस्रो भएको उम्मिद शाक्यले खिचेको फोटो । कोशी नदीमा माछा पर्खेर बसेको बकुल्लाको पानीमा देखिएको छायाँ ।
नेचर एण्ड वाइल्ड लाइफमा तेस्रो भएको हेमन्त श्रेष्ठले खिचेको फोटो । चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको आखेटोपहार जलाउँदै सुरक्षाकर्मी ।
कल्चर एण्ड टुरिजम विधामा पहिलो भएको किरण श्रेष्ठले खिचेको फोटो । जीवित देवीको रुपमा पुजिने कुमारी ।
‘कल्चर एण्ड टुरिजम विधामा दोस्रो भएको दिनेश श्रेष्ठले खिचेको फोटो । ललितपुरको बंगलामुखी मन्दिरमा नेवार बालिकाको बेल विवाह गरिदै ।
कल्चर एण्ड टुरिजम विधामा तेस्रो भएको अजय मानन्धरले खिचेको फोटो । इन्द्रजात्राको अवसरमा बसन्तपुरमा गुरुजु पल्टनले तोप पड्काउँदै ।
स्पोर्टस विधामा पहिलो भएको प्रतीक रायमाझीले खिचेको फोटो । एभरेस्ट म्याराथन प्रतियोगिताका सहभागी दौडिएका बेला पृष्ठभूमिमा देखिएको हिमाल ।
स्पोर्टस विधामा दोस्रो भएको रविक उपाध्यायले खिचेको फोटो । सोलुखुम्बुको एक गाउँमा स्थानीय युवाहरु भलिबल खेल्दै ।
स्पोर्टस विधामा तेस्रो भएको उज्वल चन्द्र बुद्धाचार्यले खिचेको फोटो । भक्तपुरमा पहिलो पटक गरिएको बाइक रेस च्याम्पियनसिप प्रतियोगिता ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment