+
+
Shares

रौतहटमा गोली प्रहार गरेर अज्ञात समूहद्वारा लुटपाट

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७५ असार २४ गते १०:४८
प्रतिकात्मक तस्वीर

२४ असार, रौतहट । रौतहटमा अज्ञात समूहले गोली प्रहार गरी एक व्यक्तिको साथबाट मोटसाइकल, नगद र मोबाइल लुटेका छन् ।

बारा सुर्वण गाँउपालिका–८ का किशोर साह देवाही गोनाही–४, बकैया खोला किनारमा शनिबार राति लुटिएका हुन् ।

लुटेराले प्रहार गरेको गोलीबाट उनी जोगिए पनि कुटपिटबाट भने उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । हाल उनको स्थानीय गरुडा अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

शाहले तीन जनाको संख्यामा रहेका लुटेराहरुले गोली प्रहार गरी आफूले चढेको मोटरसाइकलसहित पैसा र मोबाइल लुटेर भागेको बताए ।

जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रहरी निरीक्षक मनोज यादवले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

प्रहरीले लुटिएको मोटरसाइकल घटनास्थलभन्दा ३ किलोमिटर पूर्व देवाही गोनाही–८ को एक पोखरी नजिक फेला पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?