+
+

पानीजहाज ल्याउन अागामी आर्थिक वर्षमा नदी सर्वेक्षण गरिन्छ : अर्थमन्त्री खतिवडा

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २५ गते १३:४१

२५ असार, काठमाडौं अर्थमन्त्री युवराज खतिवडाले पानी जहाजका लागि नदीहरुको सर्वेक्षण आउँदो आर्थिक वर्षदेखि अघि बढ्ने बताएका छन् ।

सोमबार राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले अहिलेसम्म पानी जहाजको काम कुन निकायले गर्ने भन्ने निर्णय नभए पनि आफूहरु नीति निर्माणकै तहमा रहेको जानकारी दिए ।

पानी जहाजका लागि नदीहरुको सर्वेक्षणको क्रम अघि बढेको छ, त्यसका लागि कम्पिटेन्ट अथोरिटी के हो ? पारवहनसँग सम्बिन्धत हाम्रा संस्थानहरु पनि छन्, वा अरु कुनै व्यवस्था गर्ने हो यसको नीति निर्माण गर्ने तहमै छौं’ उनले भने ‘आगामी आर्थिक वर्ष सुरु हुनृे वित्तिकै हामी यसलाई अघि बढाउँछौं ।’

राष्ट्रियसभा सदस्य अनिता देवकोटाले प्रधानमन्त्रीले सपना देखेको पानी जहाज कुन मन्त्रालय अन्तर्गत पर्छ ? बजेट विनियोजन र तयारी के कस्तो अवस्थामा छ भनी प्रश्न गरेकी थिइन् ।

अर्थमन्त्री खतिवडाले भुगोल र जनसंख्यालाई आधार बनाउदै अन्य परिसूचकलाई पनि मध्यनजर गरी सन्तुलित बजेट आएको बताएका छन् । उनले बजेटले संघीयतालाई आत्मसाथ गरेको दाबी पनि गरे ।

सीमित साधनलाई असिमित प्राथमिकतामा बाँड्नु पर्दा केही आयोजनालाई आवश्यक बजेट विनियोजन गर्न नसकेको भए पनि प्रदेश र स्थानीय तहमा पनि विनियोजन भएको बजेटलाई हेरेर समग्र मुल्यांकन गर्नुपर्ने तर्क अर्थमन्त्री खतिवडाले गरे । संघको बजेटमात्रै हेरर समग्र बजेटको आकार र प्रकृतिको धारणा बनाई व्याख्या गर्न नहुने उनले बताए ।

राष्ट्रियसभा सदस्यहरुले बजेटमा प्रादेशिक सन्तुलनको कुरा उठाउदै संघीयतालाई आत्मसाथ गर्न नसकेको र कार्यान्वयनमा जटिलता रहेको टिप्पणी गरेका थिए ।

अर्थमन्त्री खतिवडाले भारतीय ५ सय र १ हजारका नोट सटहीका लागि भारत सरकार संग छलफल भइरहेको पनि बताए । विशेष गरेर ५ सय र १ हजार दरका भारतीय रुपैया सटहीको व्यवस्था नहुँदा सीमा क्षेत्रमा भएको असुविधा प्रति भारत सरकार संग नया ढंगले छलफल अघि बढाइएको अर्थमन्त्री खतिवडाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?