Comments Add Comment

३८ क्वीन्टल सुन प्रकरणः थप ३ जना जेल चलान

२५ असार, बिराटनगर । ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा थप तीन जना जेल चलान भएका छन् ।

मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’का सहयोगी फाल्दुङ फुल्टुङ भनिने लक्षुबहादुर गुरुङ, रामकुमार तिवारी र मदल सिलवाललाई पुर्पक्षका लागि जेल चलान गरिएको हो ।

जिल्ला अदालत, मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको आदेशले सोमबार ६ जना अभियुक्तमध्ये ३ जनालाई पुर्पक्षका लागि थुना राख्ने आदेश दिएको श्रेष्तेदार नवराज दुलालले बताए ।

त्यस्तै, अन्य तीन जनालाई भने धरौटीमा छोडने आदेश दिइएको छ ।
उर्लाबारीका रेवत भन्ने रेवन्तकुमार आचार्य १ लाख २१ हजार ५ सय रुपैयाँ, दमक–९ का विनोद अधिकारी र दोलखा चरिकोटका मोतीराम श्रेष्ठ १ लाख रुपैयाँ धरौटी तिरेर छुटेका हुन् ।

उनीहरुमाथि जिल्ला सरकारी वकिल कार्यालय, मोरङले गत बुधबार पूरक अभियोग लगाएर अपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी, चोरी निकासीको अवैध कारोबार, अपरण तथा शरीर बन्धक, कर्तब्य ज्यान मुद्दा दर्ता गरेको थियो ।

प्रकरणमा यसअघि ६३ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment