Comments Add Comment

५ महिनामै खाल्डाखुल्डी पुरेर सकिदैन : प्रधानमन्त्री ओली

'स्टे अर्डरले पनि हैरान पारेको छ'

२५ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार बनेको ५ महिनामात्रै भएकाले सडकका सबै खाल्डाखुल्डी पुरेर नसकिने प्रष्टीकरण दिएका छन् ।

राष्ट्रियसभामा सांसदहरुले गरेको प्रश्नको जवाफ दिँदै उनले दशकौंदेखि परेका खाल्डो ४/५ महिनामै पुरेर नसक्ने बताएका हुन् । ‘दशकौंदेखि खाल्डो परेका छन् । ४/५ महिनामा सलल हिँड्ने बनाउनुपर्थ्यो, तर माननीयज्यूहरुले जति विश्वास गरे पनि ४/५ महिनामा कति काम गर्न सकिन्छ भन्ने त्यसको सीमा हुन्छ’ उनले भने ।

अहिलेसम्म खाल्डाखुल्डी कति छ भन्ने रेकर्ड पनि संकलन गरेर नभ्याएको प्रधानमन्त्री ओलीले बताए । ‘सबै कुराको रेकर्ड पनि छैन । कहाँ कहाँ भत्केको छ । अनि स्टे अर्डरले पनि हैरान पारेको छ । बाटो बनाउन गयो अघि अघि स्टे अर्डर आइसक्छ । सम्मानित अदालतको फैसला मान्नैपर्‍यो’ उनले भने ।

‘प्रधानमन्त्री कार्यालयमा चिनी नहालेको चिया खाइन्छ’

प्रधानमन्त्री ओलीले यो सरकारले मितव्ययिताको नीति अपनाएको जिकिर गरे । ‘प्रधानमन्त्री कार्यालयमा आउनुभयो भने दूध चिनी नहालेको चिया खाएको देख्नु्हुन्छ’ उनले भने ‘यहाँलाई पनि त्यस्तो कुराले नै स्वागत गरिन्छ । त्यहाँ त्यस्तो कु्नै खानेकुराले स्वागत गरिदैन ।’

प्रधानमन्त्री ओलीले जनताको करबाट आएको हरेक रकम मितव्ययिताको साथ सदुपयोग र खर्च गर्ने जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment