Comments Add Comment

श्रीमानले अर्की श्रीमति नल्याएको ‘नोट’ लेखेर आत्महत्या

साङ्केतिक तस्वीर

२६ असार, काठमाडौं । श्रीमानले अर्को बिहे नगरेको उल्लेख गरिएको सुसाइड नोट लेखेर एक महिलाले आत्महत्या गरेकी छन् ।

पर्वतको बडिगाड–९, साबिक दार्लिङ–१ मा गीता मल्लले झण्डिएर आत्महत्या गरेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय, पर्वतका अनुसार उनको साथबाट बरामद भएको सुसाइड नोटमा श्रीमान्लाई अर्को विहे गरेर छोरा जन्माउनका लागि सहज होस् भनेर आफूले आत्महत्या गरेको उल्लेख गरिएको छ ।

स्थानीयका अनुसार मल्लले श्रीमान डिलबहादुरलाई छोरा जन्माउन अर्को विवाह गर्न दवाव दिँदै आएका थिए ।

उनले आफ्नो छोरीलाई समेत पिर, दुःख नमान्नु भन्दै सचेत गराएकी छन् । पर्वतका एसपी दीपक रेग्मीका अनुसार थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment