+
+

रोकिएन ट्रिपर आतंक, जडिबुटीमा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २६ गते १५:२३

२६ असार, काठमाडौं । राजधानीको जडिबुटीमा ट्रिपरले मोटरसाइललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुरको सल्लाघारीका १८ वर्षीय रोयल सुवेदी छन् ।

घटनामा मोटरसाइकल चालक १७ वर्षीय अमन ढुंगेल घाइते भएका छन् ।

महानगरीय ट्राफिक महाशाखाका एसपी सुरेन्द्र मैनालीका अनुसार भक्तपुरबाट कोटेश्वर आउँदै बा ४ ख ८७२५ नम्बरको ट्रिपरले बा ८५ प ७१६ नम्बरको मोटरसाइकलाई पछाडिबाट ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका सुवेदीको त्रिवी शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । घाइते ढुंगोलको हाल ट्रमा सेन्टरमा उपचार भइरहेको बताइएको छ ।

दुवै सवारी साधान र ट्रिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?