+
+

गढीमाई नगरपालिकामा योजनाको भुक्तानी होटलबाट ! मेयरसहित ५ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २६ गते १६:३८

२६ असार, रौतहट । प्रहरीले गढिमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवसहित ५ जनालाई पक्राउ गरेको छ ।

नगरपालिकाका विभिन्न योजनाको भुक्तानीलगायतको काम चन्द्रनिगाहापुरको एक होटलमा बसेर गरिरहेको सूचना पाएपछि गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा प्रमुख प्रशासकीय अधिकृत नरबहादुर बिक, लेखापाल बिमल मिश्र, नायब सुब्बा करपुरी ठाकुर र कार्यालय सहायक अजयकुमार यादव पनि रहेका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।

पाँचै जनालाई जिल्ला प्रशासन कार्यालयमा बयान गराइएको छ । मेयरसहित पाँचै जनाको बयानपछि खोजेको बेलमा उपस्थित हुने शर्तमा सहीछाप गराएर छोडिएको र उनीहरुबाट बरामद गरिएका कागजात तथा बयानको कागजहरु सबै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइने प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।

होटलमै बसेर नगरपालिकाका कर्मचारीको तलबको लागी चेक काटिएको अवस्थामा प्रहरीले उनीहरुलाई फेला पारेको थियो । लेखापाल मिश्र कार्यालयमा हाजिर नहुने र उनलाई सर्लाहीको बलराबाट बोलाएर कार्यालयकै काम गराउनको लागि होटलमा बसेको नगर प्रमुख यादवले बताएका छन् ।

लेखापाल नियमित रुपमा कार्यालय नआउदा विभिन्न योजनाहरुका भुक्तानीमा समस्या भएको र कर्मचारीको तलब भुक्तानीको लागि मात्रै होटलमा चेक हस्ताक्षर गराएको उनले बताए । आफूहरुले कुनै अनियमितिता नगरेको नगर प्रमुख यादवको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?