+
+

महोत्तरीमा बैंकबाट पैसा झिकेर फर्किंदै गर्दा १७ लाख लुटियो

विक्रम रौनियार विक्रम रौनियार
२०७५ असार २६ गते १६:५६

२६ असार, महोत्तरी । महोत्तरीको जलेश्वरमा बैंकबाट पैसा झिकेर फर्किने क्रममा एक युवकको १७ लाख २५ हजार रुपैयाँ लुटिएको छ ।

अज्ञात समूहले मंगलबार दिउँसो सरपल्लो बजारका सञ्जिव शाहको साथबाट रकम लुटेको हो । उनी मनी ट्रान्सफरका सञ्चालक हुन् ।

रकम निकालेर सरपल्लोतर्फ फर्किने क्रममा नकाबधारी समूहले रकम लुटेको प्रहरीको भनाइ छ ।

लुट्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी कुवेर कडायतले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?