Comments Add Comment

इन्भेस्टमेन्ट कम्पनीको नाममा ठगी धन्दा चलाएको अारोपमा अनिल गजमेर समातिए

२६ असार, काठमाडौं । झण्डै साढे ४ करोड ठगीको आरोपमा माई इन्भेस्टमेन्ट लिमिटेडका अध्यक्ष अनिल गजमेर पक्राउ परेका छन् । प्रहरीको खोजीमा रहेका गजमेर मंगलबार लाजिम्पाटबाट पक्राउ परेका हुन् ।

उनीविरुद्ध प्रहरीमा दर्जानौं उजरी छ । समिर रिमालले ५४ लाख ठगीको उजुरी दिएका छन् भने राजेन्द्र महर्जनसहित ११९ जनाले ३ करोड ५५ लाख र सुरेन्द्रप्रसाद मास्केसहित ५ जनाले २२ लाख रुपैयाँ ठगी गरेको उजुरी दिएका थिए ।

बालुवाटारस्थित कालिका टावरमा माइ इन्भेष्टमेन्ट कम्पनी खोलेका उनले आफ्नो कम्पनीमा लगानी गरे २० देखि २५ प्रतिशतसम्म ब्याज रकम पाउने, शेयर र मुनाफा पनि छुट्टै दिने भनेर प्रलोभनमा देखाउँदै ठग्ने गरेको पीडित बताउँछन् ।

प्रहरीले खोजी थालेपछि उनले अदालत र गृहमन्त्री गुहारे । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताको सहयोगमा गृहमन्त्रीसम्म पुगेको उनले पछिल्लो समय फरार थिए ।

उनले कम्पनी रजिष्ट्रारको कार्यालयबाट कम्पनी दर्ता भएपछि हालसम्म लेखा परिक्षण प्रतिवदेन लगायतका कुनै पनि विवरण रजिष्ट्रारको कार्यालयमा पठाएका छैनन् ।

माई इन्भेस्टमेन्ट लिमिटेडको ०६७ सालदेखि कम्पनी ऐन र प्रचलित कानुन बमोजित गर्नु पर्ने साधारणसभा समेत भएको छैन । कम्पनीमार्फत उनले ४ सय जना व्यक्तिहरुलाई ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

राष्ट्र बैंकको इजाजत समेत नलिइ विभिन्न व्यक्तिसँग निक्षेप र कर्जा लिने काम गरेको पाइएको छ । उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस्

इन्भेष्टमेन्ट कम्पनीको नाममा करौडौं ठग्ने ‘नटवरलाल’ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment