Comments Add Comment

अछामको बयलपाटामा जीप दुर्घटनामा पाँच घाइते

२७ असार, अछाम । जयगढ बजारबाट साँफेबगर जाँदै गरेको से१त ३६८ जीप साँफेबगर नगरपालिकाको वयलपाटास्थित जनता क्याम्पस नजिक दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।

जीपमा सवार रहेका बान्नीगढी जयगढ गाउँपालिका-५ का सेतु परियार र वडानम्बर ६ का दिनेश परियार, रामाारोशन गाउँपालिका-७ का मनपती भण्डारी, कलसी भण्डारी र पदम परियार घाइते भएको अछाम प्रहरीले जानकारी दिएको छ ।

मनपति, कलसी र पदमको सामान्य उपचारपछि अस्पतालबाट फर्किसकेका छन् भने दिनेश र सेतुको टाउकोमा चोट लागेका कारण टाँका लाएर उपचार भइरहेको इनिस्पेक्टर टेकबहादुर रावतले जानकारी दिए ।

जीप चालकलाई भने प्रहरीले नियन्त्रणमा राखेको छ । जीपकोब्रेक फेल भइ सडकमै पल्टिएर दुर्घटना भएको अछाम प्रहरीका इनिष्पेक्टर टेकबहादुर रावतले जानकारी दिए । सोही स्थान नजिक दुई वटा जीप यसअघि दुर्घटना भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment