नायक सलोन बस्नेत र नायिका करिश्मा श्रेष्ठ प्रेममा छन् । सलोन र करिश्माको पहिलो प्रेम नै यी दुई हुन् या होइनन् यो त उनीहरुले नै जान्ने कुरा हो ।
तर, असार २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘बाबु कान्छा’मा भने यी दुई पहिलो प्रेम भन्दै रमाइरहेका छन् । शोभित बस्नेतको निर्माण तथा निर्देशनमा तयार भएको यो चलचित्रमा सलोन बस्नेत, करिश्मा श्रेष्ठ, ऋतिक शाही लगायतका कलाकारको मुख्य भूमिका छ ।
यो गीतमा टंक बुढाथोकीको संगीत, सुशिल पंगेनीको शब्द, कमल खत्री र सुधा रत्नको स्वर छ । रामजी लामिछानेले भिडियोको कोरियोग्राफी गरेका हुन् ।
सलोन बस्नेतकै वरिपरी घुमेको यो चलचित्रको कार्यकारी निर्माता रवि अधिकारी हुन् । चलचित्रलाई लिएर सलोन उत्साहित छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4