शुक्रबार, ४ साउन, २०७५
OnlineKhabar.com
Suzuki

प्रधानमन्त्रीको निर्देशनः सडकका खाल्डाखुल्डी तत्काल पुर्नू

यातायात क्षेत्रको सिन्डिकेटबारे चासो व्यक्त

Suzuki
अनलाइनखबर

२७ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाका सडकका खाल्डाखुल्डी तत्काल पुर्न निर्देशन दिएका छन् । साथै कलंकी-थानकोट र चाबहिल-बौद्ध-जोरपाटीको दुरावस्थाप्रति चिन्ता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री, सचिव लगायतलाई बोलाएर यसबारे चासो राखेका छन् । उनले कलंकी-थानकोट र चाबहिल-बौद्ध-जोरपाटी सडकको अवस्था तत्काल सुधार गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीले उपत्यकाका सडकका खाल्डाखुल्डी पुर्न पनि निर्देशन दिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले यातायात क्षेत्रको सिन्डिकेटबारे पनि चासो देखाएका छन् । सार्वजनिक यातायालाई कम्पनीमा रुपान्तरण गर्ने लगायतका कार्यहरु तत्काल सम्पन्न गर्न उनले निर्देशन दिएका छन् ।

सार्वजनिक यातायात क्षेत्रमा सिन्डिकेट सदाका लागि अन्त्य गर्न दीर्घकालीन रुपमा सम्पन्न गर्नु पर्ने कार्यहरुको उपयुक्त कार्ययोजना बनाएर अघि बढ्न निर्देशन दिनु भएको छ, प्रधानमन्त्री कार्यालयले भनेको छ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सिन्डिकेट फर्कन नसक्ने बताए । सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन र दीर्घकालीन योजना बनाउन गठित कार्यदलले एक साताभित्र प्रतिवेदन दिने र त्यसअनुसार अघि बढ्ने उनले बताए ।

उनले सडक बत्ति, चाबहिल-बौद्ध-जोरपाटी सडक र कलंकी-थानकोट सडक र अन्य सडकको खाल्डाखुल्डी व्यवस्थापनमा ५० दिनभित्र महसुस हुने गरी सुधारका काम गर्ने बताएका छन् ।

२०७५ असार २७ गते २०:३५ मा प्रकाशित (२०७५ असार २८ गते ११:०५मा अद्यावधिक गरिएको)
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

८ प्रतिकृयाहरू प्राप्त
  • Arun लेख्नुहुन्छ    |   २०७५ असार २७ गते १७:०२

    Khaldo matrai purne ki purai kalo patre garne permanently? Please permanently banaunu possible vaye samma double kharcha hune kam gagarnus baru time lagos kehi fark pardaina!

    30
    0
    Share

  • shambhu ray लेख्नुहुन्छ    |   २०७५ असार २७ गते १७:५१

    deshma aru thauma khaldo chhain

    7
    0
    Share

  • achut लेख्नुहुन्छ    |   २०७५ असार २७ गते १७:५२

    सपनामा रेल , मोनोरेल अनि पानी जहाज चढेर थाकेका काठमाण्डौ वासिहरुले विपनामा भैँसी आहाल हेरेर मन बहलाउन पनि नपाउने भए है अव ।

    28
    3
    Share

  • Prakash Rai लेख्नुहुन्छ    |   २०७५ असार २७ गते १८:४६

    “प्रधानमन्त्रीको निर्देशनः सडकका खाल्डाखुल्डी तत्काल पुर्नू”
    यस्तै दुरुस्तै ठ्याकै समाचार प्रधानमन्त्री सेर बहादुर देववा ज्यु हुँदा पनि पड्ने औसर प्राप्त भएको थियो l हाम्रो महानगरमा कत्रा कत्रा खाल्डाखुल्डी छन् र तिनलाई पुर्न दुई-दुईवटा प्रधानमन्त्रीले निर्देशनः दिन पर्ने? कि नेतावालाहरुले जनताको दु:खेका नासोमा हात राखीदिएको मात्र हो कि? कि खाल्डाखुल्डी पुर्ने बहनामा आफ्ना कार्यकर्तालाई काम दिने मेलो हो कि? सरकारको हरेक राम्रो नराम्रो काम वा रधानमन्त्रीको सहि-गलत निर्देशनलाई यहाँ नकारात्मक सोंच बनाएको भने होइन l तर, सडकका खाल्डाखुल्डी तत्काल पुर्नुमा पूर्व सरकारले देखाएको काम दृष्टान्त हेर्ने हो भने त सरकारले हामि जनतालाई मुर्ख बनाएको होइन भनि विश्वास गर्ने ठाउँ कति छैन l

    1
    0
    Share

  • कुमार वस्ती लेख्नुहुन्छ    |   २०७५ असार २७ गते २२:०३

    खडगप्रसाद ओली पनि बाबुराम भट्टराईकै दोस्रो संस्करण भए ।

    2
    1
    Share

  • Bidur Bhandary लेख्नुहुन्छ    |   २०७५ असार २८ गते १२:४७

    Oli following Sher Bahadur Deuwa

    0
    0
    Share

  • MAHESH लेख्नुहुन्छ    |   २०७५ असार २८ गते १३:३३

    KHALDO PURNA BHANDA PANI ASEPASELAI ASARE BUDGET CHADAI SAKNA NIRDESSHAN HO YO.

    0
    0
    Share

  • Sanjay लेख्नुहुन्छ    |   २०७५ असार २८ गते १५:०२

    हे भगवान खाल्डा खुल्दी पूर्ण पनि प्रधानमन्त्रिले निर्देसन दिनुपर्ने यो देस नेपामा.

    जय होस् नेपालीहरुको.

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this