Comments Add Comment

सलमानलाई नेपाल ल्याउने भनेर करोडौं उठाउने गुरुङ समातिए

यसअघि ‘डिप पर्पल’ ब्याण्ड ल्याउँछु भनेर पनि ठगेः प्रहरी

२९ असार, काठमाडौं । भारतीय अभिनेता सलमान खानसहित अन्य भारतीय कलाकारहरुलाई नेपाल ल्याएर कन्सर्ट आयोजना गर्ने भनेर टिकट विक्री गरी ठगेको अभियोगमा प्रहरीले ओडिसी इन्टरटेनमेन्टका प्रमुख सिमान्त गुरुङलाई पक्राउ गरेको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गुरुङलाई लाजिम्पाट क्षेत्रबाट पक्राउ गरेको हो । महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले उनलाई पक्राउ गरी ठगी मुद्दामा म्याद थप गर्ने तयारी भइरहेको बताए ।

यसअघि ‘द ब्याङ टुर’ टाइटलमा कार्यक्रम आयोजना हुने भन्दै करिब ५ हजार टिकट विक्री गरिएको थियो । जसमा नायिका सोनाक्षी सिन्हा, प्रभू देवा, मनिष पल लगायतका कलाकारहरु पनि सहभागी हुने बताइएको थियो ।

उक्त कार्यक्रम गत वर्ष फागुन २६ गतेका लागि तय गरिएको थियो । तर, विप्लव माओवादीको धम्कीका कारण स्थगित भयो । त्यसपछि आयोजक ओडीसी इन्टरनेसनले गुपचुपरुपमा कार्यक्रमको नयाँ मिति २ जेठका लागि तोकेको थियो ।

यद्यपि, सलमान खान कालो हरिण शिकारको मुद्दामा ५ वर्षका लागि जेल गएपछि कार्यक्रम अनिश्चित भएको थियो ।

गुरुङले यसअघि सन् २०१३ मा पनि यूकेको चर्चित ब्याण्ड डिप पर्पल ल्याउने भन्दै पैसा उठाएका प्रहरीको भनाइ छ । तर, त्यसपटक पनि उक्त ब्याण्ड नेपाल आएको थिएन ।

यो पनि पढ्नुस् 

सलमानलाई नेपाल ल्याउँछु भनेर ठग्ने ओडिसीका म्यानेजर केसी पनि समातिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment