+
+
Shares

‘झमकबहादुर’मा यस्ता अनुप

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २९ गते १७:५२


चलचित्र ‘झमकबहादुर’को २ वटा पोष्टर सार्वजनिक गरिएको छ । साउन १८ गतेबाट रिलिज हुने यो चलचित्रको ट्रेलर सार्वजनिक भएपछि यसको चर्को आलोचना भएको थियो । साउथको चलचित्र ‘मुम्बई एक्सप्रेस’को कपि भन्दै यसको आलोचना भएको थियो ।

चलचित्रका निर्देशक भिम कटुवाल भने यो नितान्त नेपाली कथामा बनेको बताउँछन् । कमेडी जनराको यो चलचित्रको पोष्टरमा नायक अनुप विक्रम शाहीलाई फरक शैलीमा देखाइएको छ । उनको साथमा चलचित्रमा यादव देवकोटा, राजु कमेडी, मिन कुमार तामाङ, कल्याण अधिकारी, राजन महर्जन, सुजाता थापाको मुख्य भूमिका छ ।

ओम सुनारको संगीत रहेको यो चलचित्रमा राजु किरात राइको एक्सन छ । मिन कुमार तामाङले निर्माण गरेको यो चलचित्रमा कुमार डल्लाकोटीको सह-निर्माण छ । पवन गौतमको छायांकन रहयको यो चलचित्र हेरेर दर्शकले पूर्ण मनोरञ्जन लिने यसका निर्देशकको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?