Comments Add Comment

रक्सी पिउन थालेपछि रोकिदैनन् रणवीर, परिवारै रक्सीका सौखिन

बलिउड अभिनेता रणवीर कपुरले आफू रक्सीको कुलतमा नराम्ररी फसेको स्वीकारेका छन् । आफू मात्र नभएर आफ्नो परिवारै ‘जँड्याहा’ भएको उनको भनाई छ ।

‘रक्सी देखेपछि मेरो मनै थामिँदैन,’ एक अन्तरवार्तामा उनले भने, ‘जब पिउन थाल्छु, पिएको पिएै हुन्छु ।’

आफूले रक्सी पिउने कुनै सीमा नभएको रणवीरले बताए । यद्यपि, अहिलेसम्म रक्सीले मातेर कुनै झैंझगडा वा उपद्रो भने नगरेको उनको दावी छ ।

रणवीरले आफू मात्र नभएर परिवारका सबै सदस्यहरु रक्सीको सौखिन भएको पनि बताए ।

‘हामी सँगै बसेर रक्सी पिउँछौं र रमाइलो गर्छौं, यस्तो लाग्छ रक्सी त हाम्रो परिवारको जीनमा नै छ,’ रणवीरले भने ।

आफ्नो रक्सीको लत कम गर्न निकै प्रयास गरे पनि सफल नभएको उनी बताउँछन् ।

रक्सीको लतमा फँसे पनि आफ्नो फिटनेसमा भने निकै ध्यान दिन्छन् रणवीर । फिटनेसका लागि नियमित जिमका अलावा फुटबल खेल्ने गरेका छन् । उनी एउटा लोकल फुटबल टिमका सदस्य हुन् ।

‘हामी प्रत्येक हप्ता २-३ पटक फुटबल खेल्छौं, फुटबलले मलाई फिट राख्नुका साथै मनोरञ्जन पनि दिन्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment