Comments Add Comment

अलिसाको हट नृत्यले तात्यो चितवन


चलचित्र ‘चि मुसी ची’को प्रचारका क्रममा यसको निर्माण यूनिटले चितवनको नारायणगढमा भव्य कन्सर्ट गरेको छ । शनिबार साँझ नारायणी किनारामा आयोजना गरिएको कन्सर्टमा दर्शकको बाक्लो उपस्थिती थियो ।

पूर्वी नेपालका केही शहरमा कन्सर्ट गरेपछि चलचित्रको टोली चितवन आइपुगेको हो । कन्सर्टमा चलचित्रकी मुख्य नायिका अलिसा शर्माले माहोल तताइन् । चलचित्रमा समावेश ४ गीतमा यसका मुख्य कलाकार अलिसा शर्मा, सुनिल क्षेत्री, सुशान्त कार्कीले नृत्य प्रस्तुत गरेका थिए ।

आफ्नो गृहनगर चितवन भएकाले पनि अलिसाले आफूलाई अन्य शहरमा भन्दा फरक तरिकाले प्रस्तुत गरेकी थिइन् । चलचित्रको यूनिटले वुटवल, भैरहवा, पोखरा, दमौली, काठमाण्डौ लगायतका शहरमा कन्सर्ट गर्ने बताएको छ ।

साउन ११ गतेदेखि रिलिज हुने चलचित्रलाई अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डब बहादुर गुरुङले लगानी गरेका हुन् भने शिवराज कार्की यसका कार्यकारी निर्माता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment