Comments Add Comment

नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम २६ करोड घट्यो


३१ असार, काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा केही सुधार देखिएको छ । तीव्र उचारचढावकाबीच आइतबार सेयर बजार ८ दशमलव ११ अंकले बढेर बन्द भएको हो ।

आइतबार १ हजार १ सय ९२ दशमलव ९८ अंकबाट शुरु भएको कारोबार ८ दशमलव ११ अंकले बढेर नेप्से परिसूचक १ हजार २ सय दशमलव ०९ अंकमा आइपुगेको छ ।

यसअघि गत बिहीबारको कारोबारमा भने नेप्सेमा दोहोरोको अंकको गिरावट देखिएको थियो । नेपाल राष्ट्र बैंकले मौदि्रक नीति सार्वजनिक गरेको भोलिपल्ट अर्थात साताको अन्तिम दिन सेयर बजार १३ दशमलव ६६ अंकले ओरालो लागेको थियो ।

१२०५ दशमलव ६७ बाट शुरु भएको कारोबार १३ दशमलव ६६ अंकले घट्दा ११९१ दशमलव ९८ को विन्दुमा आइपुगेर कारोबार बन्द भएको थियो ।

मौद्रिक नीति सार्वजनिक भएकै भोलिपल्ट सेयर बजार दोहोरो अंकले घटे पछि निराश बनेका लगानीकर्ताहरुमा आइतबार थोरै भए पनि खुसी छाएको छ ।

कारोबार रकममा गिरावट

आइतबार नेप्से परिसूचकमा ८ अंकले वृद्धि भए पनि कारोबार रकममा भने अप्रत्यासित तरिकाले गिरावट आएको छ ।

दिनभर ६ लाख ६७ लाख ४ सय ३४ कित्ता सेयर किनबेच हुँदा जम्मा १९ करोड ३८ लाख २६ हजार ४ सय १० रुपैयाँको मात्रै कारोबार भएको छ ।

कारोबार रकम अघिल्लो दिनको कारोबार भन्दा करिब २६ करोडले कमी हो । यस अघि साताको अन्तिम दिन बिहीबार ४५ करोड ४४ लाख ६ हजार २ सय ५६ रुपैयाँको सेयर कारोबार भएको थियो ।

बिहीबार १६ लाख २० हजार ८ सय ८० कित्ता सेयर किनबेच हुँदा ४५ करोड ४४ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment