Comments Add Comment

ग्लोबल आईएमई बैंक र नेशनल लाइफ इन्सुरेन्स कम्पनी सम्झौता

१ साउन, काठमाडौं । ग्लोबल आईएमई बैंक लि. र नेशनल लाइफ इन्सुरेन्स कम्पनीबीच मंगलबार ब्यान्कासोरेन्स सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंक लि. का १३१ वटै शाखाहरु मार्फत नेशनल लाइफ इन्सुरेन्स कम्पनी लिको जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिनेछ ।

उक्त सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र नेशनल लाइफ इन्सुरेन्स कम्पनी लि.का प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर गरे ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment