Comments Add Comment

कट्रिनाको जन्मदिनमा दिपिकाको शुभकामना, दुश्मनी सकिएको हो ?

सोमबार बलिउड अभिनेत्री कट्रिना कैफको जन्मदिनमा धेरै सेलिब्रटीहरुले उनलाई शुभकामना दिए । उनीहरुमध्ये दिपिका पादुकोणको शुभकामना विशेष थियो ।

सबैलाई थाहा छ, दिपिका र कट्रिनाबीच राम्रो सम्वन्ध छैन । र, यसका एक मात्र कारण हुन् रणवीर कपुर । रणवीरको पहिले दिपिकासँग गहिरो अफेयर थियो । तर पछि उनीसँग अलग्गिएर कट्रिनासँग नजिकिन पुगेका थिए । आफ्नो प्रेमी खोसेको कारणले दिपिकाले कट्रिनासँग दुरी बढाइन् ।

तर, अहिले कट्रिना र रणवीरको प्रेमको पनि हावा फुस्किसकेको छ । रणवीर अहिले अर्की नायिका आलिया भट्टसँग लहसएका छन् । त्यसैले सायद दिपिकालाई लाग्यो होला, अब कट्रिनासँग पानी बाराबार गरिरहनुको अर्थ छैन । त्यसैले उनी अब सम्वन्ध सुधार्नतिर लागेकी छन् ।

कट्रिनाको जन्मदिनमा दिपिकाले पहिलोपटक शुभकामना दिइन् । उनले आफ्नो इन्टाग्राममा सन्देश लेखेर शुभकामना दिएकी हुन् । उनले कट्रिनाको सुस्वास्थ्य र प्रगतिको कामना गर्दै मायाको चिन्हसमेत राखेकी छन् ।

अब आउँ, आलियातर्फ । कट्रिना र आलियाबीच पहिले राम्रो सम्वन्ध थियो । तर कट्रिनाका पूर्वप्रेमीसँग अहिले आलियाले अफेयर सुरु गरेकी छन् । अब के उनीहरुको सम्वन्ध पहिलेजस्तै रहला त ?

आलियाले पनि कट्रिनालाई जन्मदिनमा इन्टाग्राममार्फत शुभकामना दिएकी छन् । त्यसबाट थाहा हुन्छ कि कट्रिनाप्रति उनको कुनै तुष छैन । आखिर आलियाले सोझै कट्रिनाबाट रणवीरलाई खोसेकी पनि होइनन् नी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment