Comments Add Comment

कांग्रेसले भन्यो : अस्पतालभित्रै लाठीचार्ज गर्नु आपत्तिजनक

८ दिन संसद स्थगित गरेकोमा विरोध

३ साउन, काठमाडौं । नेपाली कांग्रेसले जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रहरीले लाठीचार्ज र अश्र्ग्यासु प्रहार गरेकोमा आपत्ति जनाएको छ ।

अनसनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउने क्रममा अस्पतालभित्रै प्रवेश गरेर प्रहरीले लाठीचार्ज, अश्रुग्यास प्रहार र अस्पतालको लाखौंको सम्पत्तिमा क्षति पुर्‍याएको भन्दै कांग्रेसले भर्त्सना गरेको हो

केसीको माग संबोधन गर्नुको साटो प्रतिपिक्षी दलसँग परामर्श गर्ने परम्परा विपरीत प्रतिनिधि सभा बैठक ८ दिन पर सारेर सरकारले गैर जवाफदेही क्रियाकलाप गरेको पनि कांग्रेसको आरोप छ । ‘समाधानको खोजी गर्ने थलो संसदलाई छलेर विषयलाई विषयान्तर गर्न सकिने भ्रमबाट मुक्त हुन समेत नेपाली कांग्रेस सरकारलाई सचेत गराउन चाहन्छ’ प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले डा. गोविन्द केसीको जीवन रक्षा र अध्यादेशको हुबहु कार्यान्वयन गर्न सदन र सडकमा विरोध जारी रहने जनाएको छ । सरकारले चिकित्सा शिक्षा अध्यादेश भन्दा विपरीत विधेयक ल्याउन लागेको र अधिनायकवाद उन्मुख शैली देखाएका कारण समस्या जटिल बनेको कांग्रेसले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment