+
+
Shares

१ किलो नक्कली सुनसहित ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन ४ गते १४:२६

४ साउन, काठमाडौं । नक्कली सुन बेच्न हिँडेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नक्कली सुनको विस्कुट आकारका चक्की,  एउटा बेरुवा औंठीसहित  सिन्धुपाल्चोक धैवुङ ३ घर भई काठमाडौं जोरपाटी बस्ने २३ वर्षका राज लामा तामाङ, नुवाकोट बेतिनी घर भई जोरपाटी बस्ने २६ वर्षका म्याङसिंह लामा र सोलुखुम्बु घर भई कपन बस्ने टासी लाक्पा शेर्पा पक्राउ परेका हुन् ।

उनीहरुले चावहिल, कोटेश्वर  र कपन इलाकामा नक्कली सुनको कारोबार गर्ने गरेको प्रहरीले बताएको छ । बिहीबार दिउँसो ४ बजे चावहिल चुच्चेपाटीमा शंकास्पद अवस्थामा राज लामा र म्लाङसिङ लामा पक्राउ परेको र उनीहरुको दिएको सूचनाको आधारमा १ किलो नक्कली सुनसहित टासी शेर्पा पक्राउ परेका महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ ।

पक्राउ परेकाहरु यसअघि पनि ठगी  र लुटपाटमा संलग्न रहेको पाइएको प्रहरीको भनाइ छ । राज लामाविरुद्ध वौद्ध र महाराजगञ्ज प्रहरीले ठगी आरोपमा पहिले पनि मुद्दा चलिसकेको थियो । टासी लाक्पा शेर्पाले २०५८ सालमा आफ्नै फुपूलाई कर्तव्य गरि मारेकोमा १० वर्ष जेल  सजाय भुक्तान गरी  निस्केको र हाल डकैती तथा चोरी , लुटपाटमा संलग्न रहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?