Comments Add Comment

यो साता डेढ अर्बको सेयर कारोबार, नेप्से ६ अंकले घट्यो

४ साउन, काठमाडौं । यो सातामा एक अर्ब ४५ करोड ५१ लाख ५७ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

आर्थिक वर्ष २०७४/७५ को अन्तिम २ दिन र चालु आर्थिक वर्षको पहिलो ३ दिन समेटिएको यो साता ४७ लाख ५४ हजार पाँच सय २० कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब ४५ करोड ५१ लाख ५७ हजार रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ८६ कम्पनीहरुको कारोबार भएको छ । कारोबार रकम अघिल्लो साताको भन्दा ३१ दशमलव ३२ प्रतिशत कम हो ।

अघिल्लो साता १ सय ९१ कम्पनीको २४ हजार ३ सय ७० वटा कारोबारबाट दुई अर्ब ११ करोड ८८ लाख आठ हजार रुपैयाँ बराबरका ६१ लाख १२ हजार तीन सय ७० कित्ता सेयर खरिद बिक्री भएका थिए ।

नेप्सेमा ६.७० अंकको गिरावट

यस साता कारोबार रकमसँगै नेप्से परिसूचकमा समेत गिरावट आएको छ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ६.७० अंकले घटेको छ ।

साताभरमा ६.७० अंकले गिरावट आउदा नेप्से परिसूचक अन्तिम दिन १ हजार १ सय ९३ दशमलव ३९ अंकमा आइपुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १.३९ अंकले घटेर २५१.४२ अंकमा आइपुगेको छ ।

कारोबार रकममा प्राइम लाइफ अग्रस्थानमा

यस साता कारोबार रकमका हिसाबले प्राइम लाइफ इन्स्योरेन्स अग्रस्थानमा देखिएको छ । प्राइम लाइफको संस्थापक सेयर यस साता धेरै किनबेच भएको नेप्सेले जनाएको छ ।

साताभरमा प्राइमको ३५ करोड ८० लाख १० हजार रुपैयाँको सेयर कारोबार भएको थियो । त्यसैगरी कारोबार भएको सेयर कित्ताका आधारमा पनि प्राइम लाइफ इन्स्योरेन्स नै अग्रस्थानमा देखिएको छ । प्राइमको संस्थापक सेयर १२ लाख ५२ हजार कित्ता सेयर किनबेच भएका छन् ।

कारोबार संख्याका आधारमा भने यस साता नविल बैंक अग्रस्थानमा रहेको छ । नविलको यस साता ९६८ वटा सेयर कारोबार भएका छन् ।

यसैगरी कारोबार रकममा नविल दोस्रो स्थानमा देखिएको छ । साताभर।मा ा नविलको १३ करोड १८ लाख रुपैयाँको कारोबार भएको छ । कारोबार रकममा तेस्रो स्थानमा पनि नविलको संस्थापक तर्फ देखिएको छ । सातामा नविलको ४ करोड ३८ लाख रुपैयाँको संस्थापक सेयर किनबेच भएका छन् ।

कारोबार रकमका आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक र नेपाल इन्स्योरेन्स कम्पनी क्रमशः चौथो र पाँचौ स्थानमा देखिएका छन् । सातामा नेपाल इन्भेष्टमेन्टको ३ करोड ७० रुपैयाँ र नेपाल इन्स्योरेन्सको २ करोड ९७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

५ कम्पनीको सेयर सूचीकृत

यस साता ५ कम्पनीको सेयर नेप्सेमा सुचीकृत भएका छन् । सातामा एउटा फाइनान्स, एउटा इन्स्योरेन्स कम्पनी र दुई माइक्रोफाइनान्सका सेयर सूचीकृत भएका हुन् ।

सातामा रिलायन्स फाइनान्स लिमिटेडको २० लाख ५ हजार २ सय ९७ दशमलव ०८ कित्ता हकप्रद सूचीकृत भएको छ ।

यसैगरी मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको ८६ हजार ५८ दशमलव १८ कित्ता वोनस सेयर र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको १० १ हजार ६ सय ५९ कित्ता वोनस शेयर सूचीकृत भएका छन् ।

इन्स्योरेन्स कम्पनीहरु तर्फ नेपाल इन्स्योरेन्सको ३० लाख १९ हजार ८ सय ८६ दशमलव १० कित्ता हकप्रद र नेपाल इन्स्योरेन्सकै १ लाख ३६ हजार ६ सय १४ दशमलव ८५ कित्ता वोनस सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment