Comments Add Comment

भूकम्पमा मृत्यु भएकाको परिवार नै लाभग्राहीको सूचीमा छैन

पीडितको प्रश्न- घर नै छै के मर्मत गर्ने ?

भूकम्पले भत्काएको दशरथबाबु श्रेष्ठको घरमा उद्दार गर्दै नेपाली सेना ।

८ साउन, रामेछाप। देशका विभिन्न जिल्लाका भूकम्प पीडितहरु आफ्नो निजी आवास निर्माणको काममा जुटिरहेका बेला रामेछाप नगरपालिका-८ भंगेरिका दशरथबाबु श्रेष्ठ भने कागजपत्रकै झमेलामा छन् ।

भूकम्पले श्रेष्ठको घर मात्र भत्किएन, घरले किचेर उनका ९३ वर्षीय बाबु जनक श्रेष्ठको मृत्युसमेत भयो ।

गएको०७२ सालमा गएको विनासकारी भूकम्पले रामेछाप जिल्लामा ४१ जनाको ज्यान गयो । तिनै मध्ये एक थिए दशरथबाबु श्रेष्ठका पिता जनक श्रेष्ठ । श्रेष्ठलाई वैशाख १२ गते आएको भूकम्पले उनी बसेको घरले किचेर ज्यान लियो ।

भूकम्पले घर भत्किएको पीडाभन्दा पनि वृद्ध बाबुलाई घर भत्किएर किच्दा ज्यान गएको पीडाले लामो समयसम्म सतायो ।

अहिले बाबुले ज्यान गुमाएको पीडा त छँदै छ, त्योसँगै अहिले भूकम्प पीडितको लाभग्राहीको सूचिमासमेत नाम नपरेको पीडा उनको छ ।

रामेछाप जिल्लामा करिव ५० हजार घर परिवार लाभग्राहीको सूचिमा पर्दा पनि घर भत्किएर बाबु गुमाएका दशरथबाबु श्रेष्ठ भूकम्प पीडितको सूचिमा परेनन् ।

पहिलो पटक नाम नआएपछि उनले गुनासो गरे । तर, उनको नाम आएन । फेरि गुनासो भरेपछि भने उनको नाम घर मर्मत गर्नेको सूचीमा निस्कियो ।

अहिले उनी भूकम्पले आफ्नो घर भत्किएको पुष्टि गर्ने कागजात र फोटोहरु बोकेर सरोकारवाला निकायमा धाइरहका छन् । तरपनि उनको गुनासो खासै सुनुवाई भएको छैन ।

‘घर भत्किएर बुवालाई किचेर ज्यान नै लियो । घर उतिबेलै भत्कियो । भत्किएको घरबाट नेपाली सेनाको टोली आएर लास निकाल्यो । अहिले बाँसको टहरो बारेर बसेका छौँ ।’ श्रेष्ठले भने, ‘घर भएपो मर्मत गर्नु । घरै छैन, घर मर्मत गर्नेका सूचीमा नाम निस्किएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment