Comments Add Comment

दुर्गा प्रसाईंविरुद्ध मानव अधिकार आयोगमा उजुरी

१० साउन, काठमाडौ । झापाको बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाई‌ंविरुद्ध मानव अधिकार आयोगमा उजुरी दर्ता भएको छ ।

सामाजिक अभियन्ता जमुना सुवेदी, अम्बिका कार्की तथा राज्यलक्ष्मी श्रेष्ठले प्रसाईंले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्ने नेपाली छात्राको मर्यादामाथि प्रश्न उठाएको र गालीगलौज गरेको भन्दै आयोगमा उजुरी दर्ता गरेका हुन् ।

प्रसाईंले बंगालादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली महिलामाथि यौन दुव्र्यवहार हुने गरेको आशयको अभिव्यक्ति दिएका थिए ।

उजरीकर्ताले नेपाली महिलाको चरित्र हत्या गरेको भन्दै प्रसाईंलाई गाली बेइज्जती ऐन २०१६ र सार्वजनिक अपराध तथा सजाय ऐन २०२६ बमोजिम दण्ड सजाय गर्न माग गरेका छन् । साथै उनीहरुले आयोग समक्ष दुर्गा प्रसाईंलाई जेल चलान गर्नसमेत माग गरेका छन् ।

प्रसाईको अभिव्यक्तिविरुद्ध सामाजिक सञ्जालमा पनि आलोचना भइरहेको छ । प्रसाईंकै जस्तो आशयको अभिव्यक्ति दिएका कानुनमन्त्री शेरबहादुर तामाङले भने विरोध भएपछि पदबाट राजीनामा दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment