Comments Add Comment

४ खर्ब ९४ अर्ब रुपैयाँको नोट निष्कासित, बैंक मौज्दात ८ अर्ब

११ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले हालसम्म ४ खर्ब ९४ अर्ब ३७ करोड रुपैयाँका नोट निष्काशन गरेको छ ।

निष्काशन गरिएका नोटमध्ये अहिले ४ खर्ब ८६ अर्ब २१ करोड ४१ लाख ४५ हजार ३ सय १५ रुपैयाँको नोट चलन चल्तीमा रहेको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक सुनिल उदाशले बताए ।

चलनचल्तीमा रहेका नोटहरु अघिल्लो महिनाको तुलनामा २० अर्ब थपिएको छ । अघिल्लो महिनामा ४ खर्ब ६० अर्ब ८६ करोड १५ लाख रुपैयाँको मात्रै नोट नेपाली बजारमा चलनचल्तीमा रहेको थियो ।

राष्ट्र बैंकले बैंकिङ अफिसमा भने ८ अर्ब १५ करोड ५८ लाख ५४ हजार ६ सय ८५ रुपैयाँ मौज्दात रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment