Comments Add Comment

ऐश्वर्या रायको नाम आउनासाथ सलमानको हालत खराब


बलिउड अभिनेता सलमान खान एक समय ऐश्वर्या रायको प्रेममा चुर्लुम्म डुबेका थिए । तर, ऐश्वर्याले उनलाई धोका दिइन् र अभिषेक बच्चनसँग घरजम गरिन् ।

त्यसयता सलमानले थुप्रै प्रेमिका फेरिसकेका छन्, तर ऐश्वर्याले दिएको चोट अझैसम्म भुल्न सकेका छैनन् । त्यसैले कसैले सलमानको अगाडि ऐश्वर्याको नाम लियो कि उनको अनुहारको भंगिमा बदलिन्छ ।

सलमानले सञ्चालन गर्ने टेलिभिजन कार्यक्रम ‘दसका दम’ हालै फिल्म ‘फन्ने खा’ को टिम प्रमोसनका लागि आएको थियो । तर, ऐश्वर्या भने आइनन् जबकि सो फिल्ममा उनको महत्वपूर्ण भूमिका छ । ऐश्वर्या नआउनुको कारण सलमान खान नै हुन् भनेर बुझ्न गाह्रो पर्दैन । किनकी ब्रेकअप भएयता उनी हत्पत्ति सलमानको छेउ पर्न चाहन्नन् ।

कार्यक्रममा आएका अनिल कपुरले फिल्मको बारेमा जानकारी दिए । उनका अनुसार फिल्म बाबुछोराको कथामा आधारित छ । बाबुको भूमिकामा अनिल छन् भने छोरीको भूमिकामा छिन् लता । ऐश्वर्या चाहिँ चर्चित गायिका बेबी सिंहको भूमिकामा छिन् ।

‘मेरी छोरी बेबी सिंह जस्तै गायिका बन्न चाहन्छिन्,’ अनिल कपुरले फिल्मको बारेमा जानकारी दिँदै भन्छन् । ‘बेबी सिंहको भूमिकामा को छ ?’ सलमानले सोध्छन् ।

अनिलले मुस्कुराउँदै भन्छन्, ‘ऐश्वर्या राय । ऐश्वर्या राय बच्चन ।’ ऐश्वर्याको नाम आउनासाथ दर्शकहरु सलमानलाई गिज्याउँदै चर्को हुटिङ गर्छन् । सलमानको भने अवस्था दयनीय हुन्छ । उनी केही बेर मौन हुन्छन् । यो मौनताबाट आशंका गर्न सकिन्छ कि कतै उनको मनको कनै कुनामा ऐश्वर्या राय अझै राज गरिरहेकी त छैनन् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment