Comments Add Comment

विकट क्षेत्रमा नोट पुर्‍याउन हवाईजहाज खोज्दै राष्ट्र बैंक

१४ साउन, काठमाडौं । विकट हिमाली तथा पहाडी जिल्लामा नोट पुर्याउन नेपाल राष्ट्र बैंकले हवाईजहाज खोज्न शुरु गरेको छ ।
राष्ट्र बैंक, नेपालगन्ज कार्यालयबाट जुम्ला, मुगु, हुम्ला र डोल्पामा नोट पुर्‍याउनका लागि राष्ट्र बैंकले भाडामा हवाईजहाज खोजेको हो ।

हवाईजहाज भाडामा लिनका लागि राष्ट्र बैंकले सोमबार सिलवन्दी बोलपत्र आह्वान गरेको छ । नोट ढुवानी गर्न इच्छुक हवाइजहाज कम्पनीले ३१ दिनभित्र ३ हजार रुपैयाँ दस्तुर तिरी टेण्डर हाल्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

बोलपत्र पेश गर्दा बोलपत्रदाताले विड वण्ड वापतको रकम १ लाख २० हजार रुपैयाँ राष्ट्र बैंक, नेपालगन्ज कार्यालयको सण्ड्री क्रेडिटर्स हिसाव २१०९९९९/०११/००२/५२४ मा जम्मा गरेको सक्कल भौचर संलग्न गर्नु पर्ने वा सो रकम बरावरको बैंकलाई मान्य हुने बैंकको बैंक जमानत पेश गर्नु पर्ने राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment