+
+
Shares

‘प्रेस’को मोटरसाइकलबाट लागू औषध कारोबार, एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १५ गते १२:५८

१५ साउन, काठमाडौं । प्रेस लेखेको मोटरसाइकलबाट लागूऔषधको अवैध कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले सोमबार दिउँसो पौने ३ बजे काठमाडौं महानगरपालिका २२ पुरानो नगरपालिकानजिकैबाट प्रेस लेखेको ज ७ प १४०४ नम्बरको मोटरसाइकल र त्यसमा सवार धनुषा गणेशनाथ चारनाथ नगरपालिका ४ का राजकुमार चौधरीलाई पक्राउ गरेको हो ।

चौधरीले बोकेको कालो झोला चेक जाँच गर्दा प्रतिबन्धित लागुऔषध भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले चौधरीसँग लागुऔषध खरिद गर्न आएका काठमाडौं बसन्तपुरका मोहम्मद शाहीदलाई पनि पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी वृत्त जनसेवामा राखिएको छ । चौधरीको साथबाट प्रहरीले बैंकमा जम्मा गरेको ४ लाख रुपैयाँको भौचर पनि बरामद गरेको छ ।

खैरो हिरोइनसहित ३ जना पक्राउ

प्रहरीले लागुऔषध कारोबारमा संलग्न ३ जनालाई काठमाडौंबाट पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका ३२ सत्य साहमार्गस्थित शिव श्रेष्ठको घरमा भाडामा बस्ने झापा दमकका उदव न्यौपाने, सुमन झा र मोरङ मधुमल्ला ४ का चौलागाईलाई ४० ग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?