+
+
Shares

वीरगञ्जमा कर बढाएको विरोधमा कांग्रेसको धर्ना

नेसनल मेडिकल कलेजको करमा घोटाला भएको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १६ गते १६:११

१६ साउन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले कर वृद्धि गरेको विरोधमा नेपाली कांग्रेसले धर्ना दिएको छ ।

बुधबार वीरगञ्ज महानगरपालिकाको कार्यालय अगाडि दिउँसो १ बजेदेखि २ बजेसम्म धर्ना दिएको हो ।

वीरगञ्ज महानगरपालिकाले अप्रत्यासित रुपमा कर वृद्धि गरेको र नेशनल मेडिकल कलेजसँग लिनुपर्ने करमा घोटाला भएको अरोप लगाउदै काँग्रेसले धर्ना दिएको थियो । धर्ना कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल, केन्द्रीय सदस्य अजय चौरसियालगायत पनि सहभागी गिए ।

महानगरपालिकाविरुद्धको धर्ना कार्यक्रममा वीरगञ्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की पनि सहभागी भएकी थिइइन् । उनी महानगरपालिका राजश्व परामर्श समितिको संयोजक पनि हुन् ।

नेपाली कांग्रेस पर्सा जिल्ला सचिव श्याम पटेलले महानगरपालिकाले जनताको मन जित्ने काम गर्नु भन्दा कर वृद्धि गरेर ढाड सेक्ने मात्रै काम गरेकोले विरोधमा धर्ना दिएको बताए । ‘कर न्यायोचित र जनताले तिर्नसक्ने हुनुपर्छ ।

महानगरपालिकाले जनताले थेग्नै नसक्ने गरि कर बढाएको छ’ उनले भने ‘निर्णयमा पुनः विचार गर्न दवाव दिने उद्देश्यले धर्ना दिएका हौं ।’

जिल्ला सभापति अजय द्विवेदीले नेसनल मेडिकल कलेजसँग लिनुपर्ने कर रातारात गुपचुप तरिकाले लेनदेन गरेर कर छुट गरेको अरोप लगाए ।

‘कार्यालय त्यही, कर्मचारी त्यही, नियम त्यही, कर्मचारी हुँदा १० करोडको पत्र पठाउने, जनप्रतिनीधि आएपछि झन कडाईका साथ केलाएर कर लिनुपर्ने हो । तर रातारात मिलेमतो गरेर कर लिइएको छ । जनतालाई भने मारमा पर्ने गरी कर लिइएको’ सभापति द्विवेदीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?