Comments Add Comment

आजका पत्रिकाः विदेश घुम्ने १५ सय कर्मचारीमाथि छानविन सुरू

'डलरको पछि लाग्दा अमेरिकामा जोगिनै गाह्रो'


१७ साउन, काठमाडौं । राजधानीबाट आज प्रकाशित पत्रपत्रिकाहरुले प्रधानन्यायाधीश प्रकरणलाई प्राथमिकता दिएका छन् । जाेशीको निर्णय अन्याैलमा परेकाे र राजनीति हावी भएकाे पत्रपित्रकाले लेखेका छन् ।

त्यसैगरी, विदेश भ्रमण गरेका १५ सय कर्मचारीमाथि छानबिन हुन लागेको खबर पनि आजको पत्रिकामा अाएकाे छ । साथै डलरको पछि लाग्दा अमेरिकामा नेपालीहरू असुरक्षित बन्दै गएको समाचार पनि छापिएकाे छ ।

अन्नपूर्ण पोस्ट दैनिकले एक वर्षको अवधिमा विदेश भ्रमण गरेका १ हजार ५ सयभन्दा बढी कर्मचारीको भ्रमणमाथि छानबिन गर्न हुन लागेको समाचार छापेको छ ।  एक वर्षको अवधिमा विदेश गएका मध्ये अधिकांशको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले प्राप्त गरिसकेको समाचारमा उल्लेख छ ।  कर्मचारीहरूले विदेश जाँदा अपनाएको प्रक्रिया, खर्चको स्रोत, भ्रमणको विषय र उपलब्धि लगायतका विषयमा गम्भीर अध्ययन हुने प्रधानमन्त्री कार्यालयलार्इ उधृत गर्दै समाचारमा जनाइएकाे छ   ।

कैलालीमा बलात्कारपछि २० वर्षीय युवतीको बर्बर हत्या भएकोलाई मुख्य समाचार बनाएको कान्तिपुर दैनिकले सुनुवाइ विवाद उस्तै रहेको र सुनुवाइ समितिका ६ सदस्यलाई पीएसओ दिइएकोदेखि स्वास्थ्य सेवा विभागले आफ्नै भवनमा स्तनपान कक्ष स्थापना गरेकोसम्म खबर छापेको छ ।

नयाँ पत्रिका दैनिकले प्रधानन्यायाधीश नियुक्ति प्रकरणमा संसद् र अदालत पार्टीको बन्दी बनेको निष्कर्ष निकालेको छ । प्रस्तावित प्रधानन्यायाधीशका प्रमाणपत्र र अादेशमा त्रुटी भए कारबाही गरिनुपर्ने र सही भए सम्मानपूर्वक अनुमोदन गर्नुपर्नेमा सत्तापक्ष र प्रतिपक्ष राजनीतिक लेनदेनमा लागेको नयाँ पत्रिकाको सार छ ।

नागरिक दैनिकमा किसानको खेतमा पानी नपुग्दै दुईपटक मूल नहर भत्किएपछि त्यो कसले बनाउने भन्ने सिक्टा नहरको समाचार छ । सिक्टा नहर भत्किएपछि सरकारी निकाय र ठेकेदारबीच विवाद भएको समाचारमा उल्लेख छ ।

गोरखापत्र दैनिकले जनसरोकारका काम गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री तथा पदाधिकारीहरुलाई दिएको निर्देशनलाई मुख्य समाचार बनाएको छ । धरहराको ठुटो जोगाउन बुधबार त्रिपाल ओडाइएको समाचार पनि गोरखापत्रको पहिलो पृष्ठमा छ ।

हरेक विहीबार साप्ताहिक रुपमा प्रकाशित हुने शुक्रबार पत्रिकाले अमेरिका रहेका नेपालीबारे समाचार छापेको छ ।

‘अमेरिकामा जोगिनै गाह्रो’ शीर्षकमा शुक्रबारमा प्रकाशित जाङ्बु शेर्पाको बाइलाइन स्टोरीमा भनिएको छ- ‘डलरको पछि लाग्दा अमेरिकामा ज्यान गुमाउने अभागी नेपालीहरुको संख्या बढ्दो छ । सुखै शुखको देश मानिने यसको कालो पाटो पनि कम छैन ।’
डीभी परेर अमेरिकागएका नेपालीहरु गोलीको शिकार हुने गरेका र सवारी दुर्घटनामा पर्ने गरेका घटनालाई समाचारको विषयवस्तु बनाइएको छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment