+
+
Shares

‘रामकहानी’को सरप्राइज ट्रेलरः पूजा भूत बन्दा माग्ने-मुन्द्रेको कमेडी नै कमेडी(भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १७ गते १६:५६


सुदर्शन थापा भन्ने वित्तिकै लभ स्टोरी चलचित्र निर्देशनमा जमेका निर्देशक भनेर चिनिन्छ । उनले, बनाएका चलचित्रमा प्रेमको कथालाई प्राथमिकताका साथ राखिएको हुन्छ । झन्, नायिका पूजा शर्मा भएपछि दर्शकले लभ स्टोरी कथाकै अपेक्षा गर्नु स्वभाविक नै हो ।

तर, भदौ २२ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रामकहानी’को ट्रेलरले भने सबैलाई सरप्राइज नै बनाएको छ । कारण, यो चलचित्रमा लभ स्टोरी मात्र समावेश छैन ।

यसपटक दर्शक सरप्राइजमा पर्नुको मुख्यकारण हो, नायिका पूजा शर्माको भूमिका । सुदर्शनले पूजालाई यसपटक ‘भूत’को अवतारमा प्रस्तुत गरेका छन् । राम र मायाको कथा, ४ हाँस्य कलाकारको कमेडी र भूतको कथाले ट्रेलरलाई आकर्षक बनाएको छ ।

चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठको साथमा हाँस्य कलाकारहरु राजाराम पौडेल, केदार घिमिरे, जितु नेपाल, रविन्द्र झा, विल्सन विक्रम राईको मुख्य भूमिका छ ।

निर्देशक सुदर्शन थापाले यसलाई लभ स्टोरी चलचित्र नै भनेका छन् । तर, चलचित्र भित्र थुप्रै उपकथा जोडिएको छ, जसले दर्शक आकषिर्त गर्न मद्दत गर्नेछ ।

अर्जुन पोखरेलको संगीत, सौरभ लामाको छायांकन रहेको यो चलचित्रको ‘तिम्रो लागि म छु’ बोलको गीत हिट भैसकेको छ । पूजा शर्मा र सुदर्शन थापाले मिलेर यो चलचित्र बनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?