+
+
Shares

करवृद्धिको असन्तुष्टि सम्बोधन गर्न वीरगञ्ज महानगरले बोलायो बिशेष नगरसभा

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १८ गते ११:५७

१८ साउन, वीरगञ्ज । करवृद्धिप्रतिको असन्तुष्टि सम्बोधन गर्न वीरगञ्ज महानगरपालिकाले बिशेष नगरसभा बोलाएको छ । कार्यपालिकाको बैठकले साउन २२ गते विशेष नगरसभा बैठक आव्हान गर्ने निर्णय गरेको हो ।

सरोकारवालाहरुको सुझाव अनुसार आर्थिक ऐन २०७५ मा उल्लेखित करको दररेटमा पुनरविचार गर्नुपर्ने आवश्यकता महसुस गरी विशेष नगरसभा बोलाउने निर्णय गरिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. भिष्मकुमार भुसालले जानकारी दिए ।

आर्थिक ऐनमा उल्लेखित कर, शुल्क, सेवा शुल्क, महसुल, छुट, दण्ड तथा जरिवानाको दररेटमा पुनरावलोकन गर्न स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९(३) बमोजिम साउन २२ गते विशेष नगरसभा आव्वान गरिएको उनको भनाइ छ ।

महानगरपालिकाको आर्थिक ऐन, २०७५ मा पुनरावलोकन गर्न ५ सदस्यीय समिति गठन गर्ने निर्णयसमेत भएको छ ।

राजश्व दरहरु पुनरावलोकन गर्न प्रमुख प्रशासकीय अधिकृत भुसालकै नेतृत्वमा समिति गठन गरिएको छ ।

समितिले तयार गरेको प्रतिवेदनलाई यही साउन २० गते बस्ने बोर्ड बैठकमा पेश गरी नगरसभामा प्रस्तुत गर्न महानगरपालिकाले प्रस्ताव तयार गर्ने छ ।

यो पनि पढ्नुस्

कर बढाउने निर्णयबाट पछि हट्यो वीरगञ्ज महानगर

रगञ्जमा कर बढाएको विरोधमा कांग्रेसको धर्ना

वीरगञ्जमा कर वृद्धिको विरोधमा उद्योगी सडकमा, ७ दिनको अल्टिमेटम

राजपाको आरोप : वीरगञ्जका मेयरले संघीयता नै फेल गराउन खोज्दैछन्

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?