+
+
Shares

कर बढाउने निर्णयबाट पछि हट्यो वीरगञ्ज महानगर

केहीमा हटाउने, केहीमा घटाउने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १५ गते १८:५८

१५ साउन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका कर बृद्धिको निर्णयबाट पछि हटेको छ ।

वीरगञ्ज उद्योग वाणिज्य संघ, विभिन्न राजनीतिक दल र अन्य सरोकारवालाको चर्को विरोधपछि महानगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गरी पुनरविचार गर्ने बताएको छ ।

पत्रकार सम्मेलनमा महानगरका मेयर विजय सरावगीले केही कर हटाइने, केहीमा संशोधन गरी बृद्धि घटाइने जानकारी दिए ।

उनले वातावरण प्रदुषण तथा सडक मर्मत सुधार शुल्क, डिजेल र पेट्रोलमा लगाइएको शुल्क, डण्डी र सिमेन्टमा लगाइएको शुल्क, कुखुरामा लागेको शुल्क फिर्ता गर्न कार्यपालिका बैठकमा छलफलका लागि लगिने बताए ।

यस्तै कवाडी निकासी शुल्कको सन्दर्भमा कवाडी संघले दिएको सुझावलाई कार्यपालिका बैठकमा लैजाने, घरजग्गा तथा एकीकृत सम्पत्ति करलाई मालपोत कार्यालयले तोकको मुल्याङ्कन र मापदण्ड अनुसार नै गरिने तथा व्यवसायिक करलाई पनि परिमार्जन गर्न कार्यपालिका बैठकमा पेश गरिने मेयर सरावगीको भनाइ छ ।

वीरगञ्ज महानगरपालिकाको वार्षिक आम्दानी हाल वार्षिक १७ करोडको हाराहारीमा छ । महानगरपालिकाले ७० करोड आन्तरिक राजश्व पुर्‍याउने लक्ष्य राखेपनि अब पूरा हुने सम्भावना नरहेको मेयर सरावगीले बताए ।

‘जति कर उठेको छ, जरुरी भएकाहरुले मात्रै तिरेका छन्, नक्सा पास नै नगरी घर बनाइएका छन्,’ उनले भने, ‘करको दायरा बाहिर रहेका सबै करदातालाई दायरामा ल्याउन सबै पक्षको सहयोग आवश्यक हुन्छ ।’

आर्थिक नगरी वीरगञ्ज हुँदै ५५ प्रतिशत कार्गो जाने तर त्यसवापत महानगरवासीले कुनै सुविधा नपाउने अवस्था रहेको भन्दै उनले चिन्ता जनाए ।

‘नेपाल भित्रिने कार्गो मध्ये ५५ प्रतिशत कार्गोहरु बीरगञ्जकै बाटो भएर जान्छ । यसबाट हुने प्रदुषणको शिकार यहाँका जनता हुन्छन्, दैनिक सडक जाम, दुर्घटना र अपराधका घटना पनि यहीका नागरिकले बेहोर्नुपर्छ,’ उनले भने, ‘पहाडतिर कुनै आयोजना बनाउँदा जनतालाई शेयर दिने, रोजगारी दिने काम हुन्छ तर वीरगञ्ज उपेक्षामा परेको छ । ती बाहिर जाने गाडीबाट कर लिन खोज्दा अवरोध हुन्छ । यस्तो अवस्थामा कसरी विकास गर्न सकिन्छ ।’

विगतमा नगरमा थप भएका साविकका ११ वटा वडाबाट कुनैपनि कर शुल्क नलिने सहमति भएकोले पनि १६ वटा वडाबाटै उठेको करले सम्पूर्ण महानगरपालिकाको विकास गर्नुपर्ने बाध्यता महानगरपालिकाको रहेको उनको भनाइ छ । उनले महानगरपालिकाले सबैलाई करको दायरामा ल्याउन प्रयास गरेको बताए ।

पत्रकार सम्मेलनमा उपप्रमुख शान्ति कार्कीले सबै मिलेर महानगरको विकास गर्नुपर्ने बताइन् ।

वीरगञ्ज महानगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत डा. भीष्मकु्मार भुसालले महानगरपालिका सिमित स्रोत साधनले सोचे अनुसारको काम गर्न नसकिएको बताए । ‘करको निर्धारण वीरगञ्जको समृद्धि आफ्नै बल बुतामा भन्ने अवधारणाका आधारमा गरिएको हो । विगतमा के-के भए भन्दा पनि अब कर लिने मात्रै होइन, सुशासन पनि सँगै लैजान्छौं ।’

यो पनि पढ्नुस् 

वीरगञ्जमा राजपाको आरोप : मेयरले संघीयता नै फेल गराउन खोज्दैछन्

वीरगञ्जमा कर वृद्धिको विरोधमा उद्योगी सडकमा, ७ दिनको अल्टिमेटम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?