Comments Add Comment

सिन्धुपाल्चोकका विद्यार्थी अझै टहरोमा, विद्यालयको पुनर्निर्माण हुन दुर्इ वर्ष लाग्ने

५४७ मध्ये १६१ को पुनर्निर्माण सम्पन्न

२० साउन, सिन्धुपाल्चोक । विनाशकारी भूकम्प २०७२ ले क्षती पुर्‍याएका सिन्धुपाल्चोकका विद्यालयको पुनर्निर्माणको का निकै सुस्त भएको छ ।

तीन वर्षभित्रै सबै विद्यालय भवन निर्माण सम्पन्न गरिसक्ने लक्ष्य निर्धारण गरिएकोमा हालसम्म १६१ विद्यालयको मात्र पुनर्निर्माण सम्पन्न भएको छ। भूकम्पमा जिललाका ५ ४७ विद्यालय ध्वस्त भएका थिए ।

शिक्षा विकास तथा समन्वय इकाइ जिल्ला आयोजना कार्यान्वयन इकाइका अनुसार जिल्लाका विभिन्न ६४ विद्यालय भवन विद्यालय व्यवस्थापन समितिमार्फत नै निर्माण सम्पन्न भएका हुन् । ९७ विद्यालय भवन अन्तराष्ट्रिय तथा स्थानीय गैरसरकारी संस्थाले निर्माण गरेका हुन् भने अन्य विद्यानलय दाताले बनाइदिएका हुन् ।

एसियाली विकास बैंकको सहयोगमा ३७ बढी विद्यालयहरु निर्माणाधिन अवस्थामा छन् । सम्बन्धित विद्यालय व्यवस्थापन समिति मार्फत १ सय ४२ विद्यालयका भवन निर्माणाधिन अवस्थामा छन् । गैरसरकारी संस्थाहरुले निर्माण गर्ने १ सय ३१ विद्यालय भवन मध्ये ३४ विद्यालय भवन निर्माणको क्रममा छन् । निर्माण व्यवसायी मार्फत पुनर्निर्माण हुनुपर्ने ३८ विद्यालयका भवनहरु भने कुनैपनि निर्माण सम्पन्न हुन सकेका छैनन् ।

निर्माणको जिम्मा लिएका व्यावसायीहरुको ढिलासुस्तीका कारण भुकम्पमा ध्वस्त भएका विद्यालय भवनहरु निर्माणमा सुस्तता आएको जनाइएको छ ।

समयमै विद्यालयको भवन पुननिर्माणमा नहुँदा विद्यार्थीहरु विनाशकारी भूकम्पको तिन वर्षसम्म पनि अस्थायी  टहरोमा बसेर अध्ययन गर्न बाध्य छन् । तत्कालीन जिल्ला शिक्षा कार्यालयको समन्वयमा शिक्षा विभाग, लगायत विभिन्न संघ संस्थाहरुले भूकम्पमा क्षेती  भएका विद्यालयहरु पुननिर्माण गर्नै जिम्मा लिएका थिए ।

भूकम्पको तीन वर्ष बितिसक्दा पनि २५ विद्यालयका भवन भने निर्माण सुरु नै भएका छैनन् । आफ्नो स्वामित्वका जग्गा जमिन नभएका तथा न्युन विद्यार्थी संख्या भई मर्जको तयारीमा रहेका विभिन्न २५ विद्यालयका भवनहरु भने निर्माण सुरु नै नभएको जिल्ला आयोजना कार्यान्वयन इकाइका इनिजनियर शेरबहादुर पुजाराले बताए ।

आगामी दुई वर्षभित्र भूकम्पमा ध्वस्त सबै विद्यालय भवनहरु पुनर्निर्माण सम्पन्न भइसक्ने इन्जिनियर पुजाराले बताए । ‘दुई वर्षभित्र सबै विद्यालय भवन पुनर्निर्माण भइसक्नेछन् ।’ पुजाराले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment