Comments Add Comment

सेयर बजारमा झिनो अंकको गिरावट

२० साउन, काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा झिनो गिरावट आएको छ । आइतबार शून्य दशमलव १२ प्रतिशत अर्थात १ दशमलव ४३ अंकले गिरावट आएको हो ।

१ हजार १ सय ९१ दशमलव २४ अंकबाट शुरु भएको सेयर कारोबार १ दशमलव ४३ अंकले ओरालो लाग्दा नेप्से परिसुचक १ हजार १ सय ८९ दशमलव ८८ अंकमा आइपुगेको छ ।

कारोबार रकम पनि आइतबार कम देखिएको छ । दिनभर २ हजार ९ सय ८९ वटा कारोबारबाट ५ लाख ९७ हजार ५ सय ९७ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार १६ करोड ७० लाख ४९ हजार ६ सय ८४ रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार सानिमामाई हाइड्रोपावरको सबैभन्दा बढी सेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment