Comments Add Comment

सिप्रदीको सुमो गोल्ड ‘आफ्नो गाडी आफै सवारी’ अभियान


२१ साउन, काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ‘आˆनो गाडी आफै सवारी’ नामक ब्यबसायिक अभियान सुरु गरेको छ ।

यो अभियान विशेषगरी रोजगारीको अवसर खोजिरहेका युवा प्रति लक्षित छ । यस अभियान अन्तर्गत, प्रत्येक टाटा सुमो गोल्डको खरिदमा, ग्राहकले निशुल्क ड्राइभिङ तालिम, निशुल्क मेकानिकल तालिम, सुलभ फाइनान्स र १ वर्षको इन्स्योरेन्सको सुबिधा पाउनेछन् ।

अभियानले स्वदेशमा नै रोजगारीको सिर्जना गरी, युवाहरुको बैदेशिक रोजगारीका लागि बिदेसिनुपर्ने बाध्यतालाई कम गर्नेछ भन्ने कम्पनीको विश्वास छ ।

पत्रकार रबि लामिछानले अभियानको बारेमा लक्षित समूहलाई जागरुक गराउनेछन् । र लामिछाने यस अभियानसँग २ वर्षको अवधिसम्म जोडिनेछन् ।

कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङ्ग प्रालिका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले भने,’सामाजका लागि यस्तो रोजगारीमूलक अभियानको सुरुवात गरेकोमा हामी आफूमा गर्व महसुस गर्दैछौ र नेपाली युवालाइ टाटा सुमो अपनाएर आˆनो रोजगारी आफै सिर्जना गर्न आवहान गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment