+
+
Shares

कतारमा म्यानपावरमार्फत कामदार नपठाउन बाबुरामको सुझाव

दुई सरकारवीच 'जीटुजी' सम्झौता गरेर पठाउन माग

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २४ गते १३:५७

२४ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कतारमा निजी म्यानपावर कम्पनीहरुमार्फत कामदारहरु नपठाउन सुझाव दिएका छन् । नेपाली कामदारमाथि भइरहेको ठगीलाई रोक्न दुबै देशका सरकारवीच सम्झौता गरेर जीटुजी मार्फत नेपाली कामदार पठाउनुपर्ने डा. भट्टराईको निश्कर्ष छ ।

युरोपको भ्रमण सकेर नेपाल र्फकने क्रममा कतार विमानस्थलमा नेपाली कामदारहरुसँग आफूले कुराकानी गरेको डा. भट्टराईले बताएका छन् ।

भट्टराईको स्वदेश फिर्तीपछि नयाँ शक्ति पार्टीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ- ‘श्रमिकहरुलाई निजी कम्पनीहरु मार्फत् नपठाई सिधै दुई देशका सरकारबीच सम्झौता गरेर श्रमिकहरु पठाउनु उपयुक्त हुने निष्कर्षमा पुगेको संयोजक भट्टराईले बताउनुभयो ।’

यसैवीच नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले पनि कतारमा जीटुजीमार्फत नै कामदारहरु पठाउने गृहकार्य सुरु गरिसकेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

अबको केही केही महिनापछि नै नेपाल सरकार र कतार सरकारवीच द्वीपक्षीय सम्झौता गरिने र निशुल्क रुपमा नेपाली कामदारहरुले कतार जान पाउने मन्त्रालय स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।

‘एनआरएनलाई लगानीको वातावरण बनाऔं’

यसैवीच डा. भट्टराईले युरोपको लक्जेम्बर्गमा गैह्रआवासीय नेपालीहरुसँग छलफल गरेको र उनीहरुले नेपालमा लगानीको वातावरण छैन भन्ने गुनासो गरेको सुनाएका छन् ।

‘विशेष गरी विदेशमा रहेका नेपालीहरुले देशमा पुँजीगत, प्रविधिगत लगानी कसरी ल्याउन सक्छन् भन्ने विषयमा बढी छलफल भयो, उनीहरुको गुनासो चाहिँ नेपालमा लगानीमैत्री वातावरण रहेन भन्ने थियो’ डा. भट्टराईले भनेका छन्, ‘मैले अलि जोड नै गरेर नेपालको औद्योगीकरणको प्रारम्भिक चरणमा हामीले बढी नै सुविधा दिएर बाहृय लगानी र विशेष गरी गैह्रआवासीय नेपालीहरुको लगानी ल्याउनको निम्ति सरकारले पहल लिनुपर्छ र अहिलेका अनावश्यकखालका शर्तहरु राखेर बाहिरको लगानी आउँदैन भन्ने विषय राखें ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?