Comments Add Comment

किसान भन्छन्-भारतको गोडभेडाले डुबायो


२६ साउन, हेटौंडा । आफ्नै गाउँमा बसेर गोलभेडा खेति गरिरहेका युवा निराश भएका छन् । उत्पादिन गोलभेडाले राम्रो बजार मूल्य नपाएपछि उनीहरु चिन्तामा छन् । मकवानपुरको थाहा नगरपालिका ५ बज्रबाराहीमा युवा तरकारी खेतिमा आकषिर्त भए पनि तरकारीको उचित मूल्य नपाएको गुनासो गर्छन् ।

युवाहरुले ५ सय टनेल निर्माण गरेर गोलभेडा खेति गरेका छन् । हालको सिजनमा गोलमेडाले उचित मूल्य नपाउँदा समस्या परेको उनीहरुले बताए । भारतबाट आएको सस्तो गोलभेडाले बजार ढाकेपछि नेपाली कृषकले उत्पादन गरेको गोलभेडाले राम्रो मूल्य पाउन नकसकेको हो ।

यी युवाहरुले सामूहिक र व्यक्तिगत छुट्टा छुट्टै निर्माण गरी प्रति टनेल १ लाख ५० हजार रुपियाँ खर्चेर तरकरी खेति गरेका छन् । लागतअनुसार भाउ नपाउँदा लगानी पनि उठ्ने अवस्था नरहेको राजकुमार कर्माचार्यले बताए ।

‘हाम्रो वडामा मात्रै ५ सय भन्दा बढी टनेलमा गोलभेडा खेति भएको छ । व्यवसायी गाउँमै आएर गोलभेडा लैजान्छ गाउँमै बसी बसि आन्दानी हुने आशले ठूलो लगानी गरेर खेती गर्‍यो अहिले भाउ नै आएन,’ उनले भने ।

अघिल्ला सिजनमा प्रतिकिलो ५० रुपैयाँमाथि पाउने गरेका कृषकले हाल २० रुपैयाँ मात्र पाएका छन् । अब टनेल र बिउको समेत पैसा उठ्ने अवस्था नरहेको कर्माचार्य बताउँछन् । कामदारको ज्यालामा भएको खर्च उठ्न नसक्ने कर्माचार्यले कृषक बताउँछन् ।

भारतबाट गोलभेडा लगायतका तरकारी अत्यधिक मात्रामा नेपाल आयात हुँदा तरकारीले उचित मूल्य नपाएको उनीहरूको दावी छ ।

गाउँमै करिब १२ लाखको लागतमा १८ वटा टनेल बनाएर खेतीमा लागेका सुबिनभक्त श्रेष्ठ भाउ नपाउँदा ६ लाख रुपैयाँ घाटा व्यहोरर्नु पर्ने अवस्था रहेको बताउँछन् । अहिलेको मूल्यले टनेल, गोलभेडाको बिउँको पैसा उठेपनि औषधी र स्टाफको पैसा नउठ्ने उनको भनाइ छ ।

यहाँ अउत्पादित गोलभेडा यतिबेला देशको पूर्वी शहरमा पठाउने गरी खेती गरेका उनीहरुले भारतीय गोलभेडासँग प्रतिस्पर्धा गर्नुपर्दा मूल्य नापएको बताए ।

यो गाउँका ५ सय टनेलमा १ लाख २५ हजार गोलभेडाका बोटहरु रहेको अनुमानन छ । औसत रुपमा प्रत्येक बोटबाट ४ किलो उत्पादन हुन्छ । यहाँ फलेका गोलभेडा नारायणगढ, काठमाडौं, हेटौंडा, वीरगञ्ज, पोखरा सहित सर्लाहीसम्मका व्यवसायीले लैजाने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment