+
+
WC Series
पोखरा एभेन्जर्स 2025
26/1 (4.1)
VS
९५ बलमा १४० रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

डा. केसीले प्रधानमन्त्रीलाई भने-१६ औं अनसन बस्नु नपरोस्

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २६ गते १४:३१

२६ साउन, काठमाडौं । डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक आउनु पर्ने बताएका छन् । त्यसमा तोडमोड गरे १६ औं अनसन बस्ने उनको चेतावानी छ ।

प्रधानमन्त्रीलाई भेट्न डा. केसी आफ्नो वार्ता टोलीसहित बालुवाटार पुगेका थिए । भेटमा चिकित्सा शिक्षाबारे छलफल भएको छ ।

डा. केसीले आफूसँग भएको सम्झौता अनुसार नै विधेयक पास हुनु पर्ने बताएका छन् । नभए १६ औं अनसन बस्ने उनले बताए ।

प्रधानमन्त्री ओलीले भने सहमतिअनुसार संशोधन दर्ता भएको र त्यो पास हुने आश्वासन दिएका छन् । साथै उनले अन्य सहमति कार्यान्वयनका लागि डा. केसी समेत संलग्न भएको कमिटी बनाउने प्रस्ताव गरेका छन् ।

तर, डा. केसीले भने आफू नबस्ने बताएका छन् । ‘हामीले अरुलाई पनि विश्वास गर्नुपर्छ । कमिटी बनाउने हो भने हाम्रो प्रतिनिधि राख्नु भए हुन्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?