Comments Add Comment

ग्लोबल आइएमई बैंक र ग्रीन सिटी अस्पतालबीच सम्झौता

२८ साउन, काठमाडौं । ग्लोबल आइएमई बैंक र ग्रीन सिटी अस्पतालबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

बैंकले हस्पिटलसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको जनाएको छ । उक्त सम्भौतापत्रमा अस्पतालका सिनियर हस्पिटल म्यानेजर मनिष दवाडी र बैंकका कार्ड वितरण तथा प्रबर्दन विभाग प्रमुख रविन्द्र ढकालबीच हस्ताक्षर भएको छ ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याईरहेको जनाएको छ ।

उक्त सम्झौता पश्चात ग्रीन सिटी अस्पताल, बसुन्धरामा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा २० प्रतिशतसम्म छुट पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment