Comments Add Comment

झम्सिखेलको बिजी बिन, स्वादिलो, स्वस्थ्यकर र सस्तो


झम्सिखेल, अर्थात फुड जक्सन । फरक स्वाद खोज्दै हिँड्नेहरुका लागि झम्सिखेलले अनेक मेनु पस्किएको छ । अँ त, अहिले झम्सिखेल रेष्टुरेन्ट हब नै बनेको छ ।

कुनैबेला यसलाई ठमेलसँग तुलना गरिन्थ्यो । कतिले झम्सिखेलको सर्टकट नाम बनाएका थिए, झमेल । तर, अहिले यसको आफ्नै चिनारी छ । यहाँ यस्ता रेष्टुरेन्ट, पब, क्याफे छन्, जसले आगन्तुकको पाइला अन्यत्र मोड्न दिएको छैन ।

यस्तैमा एक हो, बिजी बिन । झम्सिखेल चोकमा अवस्थित छ । तपाईं पुल्चोक हुँदै जानुहुन्छ भने दमकल चोकबाट दायाँतर्फ लागेपछि पुरानो बिगमार्टको अघिल्तिर यो क्याफे फेला पार्नुहुनेछ । क्याफे एक तला माथि छ । र, रुफटपमा पनि बसेर सितल हावासँगै विभिन्न खान्कीको स्वाद लिन सकिन्छ ।
यो क्याफेको आन्तरिक सज्जा हेर्दा थाहा हुन्छ, यहाँ पारिवारिक जमघट गर्न सकिन्छ । परिवार सहित सप्ताहन्त मनाउनेहरुका लागि यो उपयुक्त डेस्टिनेशन हुनसक्छ । ठाउँ शान्त छ । कुनै चर्को ध्वनी वा अनावश्यक भिडभाडले तपाईंको मुड विथोल्दैन ।

त्यस्तै साथीभाईसँग तात्तातो कफी पिउँदै पनि भलाकुसारी गर्न सकिन्छ । या त एक्लै बसेर मिठो मसिनो स्वादमा रमाउन सकिन्छ । अर्थात सबैथरी ग्राहकलाई बिजी बिनले उत्तिकै हार्दिकतासाथ स्वागत गर्छ ।

गुड कफी विथ गुड फुड

बिजी बिन, खासमा कफी पारखीका लागि खास ठाउँ हो । यहाँ थरीथरीका कफी पिउन पाइन्छ । कफीसँगै अन्य पेयको पनि स्वाद लिन सकिन्छ । कोल्ड कफी लगायत थुप्रै किसिमका पेयले आगन्तुकको मन तृप्त गर्छ ।

तर, बिजी बिनमो मेनुमा कफी मात्र छैन । थरीथरीका खानेकुरा छन् । कतिपय खानेकुरा यस्ता छन्, जो तपाईंले अन्यत्र पाउनुहुने छैन । अर्थात ति बिजी बिनकै खास स्वाद हुन् ।

यहाँ ब्रेकफास्टदेखि लन्चसम्म पाइन्छ । बिहान तपाईंको मर्जी अनुरुपको ब्रेकफास्ट तयार हुन्छ । मध्यन्ह नेपाली थालीको स्वाद लिन सक्नुहुनेछ । नेपाली, इन्डियन, कन्टिनेन्टल परिकार लिन सक्नुहुनेछ । अपरान्ह वा साँझमा त्यही अनुसारको खान्कीमा रमाउन सकिन्छ ।

सञ्चालक राजेन्द्र जिसी

शुद्ध, स्वादिलो र सस्तो

संचालक राजेन्द्र जिसी भन्छन्, ‘यहाँको शुद्धतामा प्रश्न गर्ने ठाउँ छैन । यहाँको खानेकुरा शुद्ध र स्वादिलो छ । हामी चाहन्छौं ग्राहकले एक पटक खाएपछि फेरी फर्केर निरन्तर आइरहुन् ।’

हेर्दा आकर्षक देखिन्छ । परिकार र स्वादमा विविधता छ । बस्नका लागि आरमदायक छ । यद्यपी यहाँको परिकार उति महंगो छैन । खानामा अतिरित्त भ्याट तिर्नुपर्दैन । राजेन्द्रका अनुसार खानामा कुनैपनि किसिमका अशुद्ध रंग, फ्लेबर मिसाउने गरिएको छैन । सरसफाई एवं शुद्धतामा विशेष ध्यान दिने गरिउको छ ।

बिजी बिनको परिकार

बिजी बिनको मेनुमा थकाली खानादेखि कन्टिनेन्टल आइटमसम्म समावेश छन् । कफी, मिन्ट लेमनेड, बिजी बिन रिफ्रेसमेन्ट ड्रिंक, मोक्का फ्रपे लगायत थरीथरीका पेयको स्वाद लिन सकिन्छ यहाँ ।

ननभेज प्लाटर (मूल्य-५८०)

फ्राइड चिकेन ससेस
चिकेन लली,
चिकेन चिल्ली
फ्राइड पिस फिंगर
डिप फ्राइड प्राउन
चिकेन साटे
चिकेन फ्राइड
ग्रीन सलाद
मशरुम

ग्रील्ड फिस (मूल्य-४५०)


ग्रील्ड फिस
सेमी कुक भेज
सेमी कुक स्पेनिच
ग्रील्ड बसा फिलेट

नासी गोरङ (मूल्य-४५०)

ग्रील्ड चिकेन
चिकेन साटे
भेज फ्राइड राइस
एग
सस एन्ड चाउमिन

चिज बल एन्ड पनिर फिंगर (मूल्य-३९०)


डिप फ्राइड चिज बल
डिप फ्राइड क्रिस्पी पनिर

मिक्स ग्रील्ड (मूल्य-५००)


ग्रील्ड चिकेन
फिस ग्रील्ड
ग्रील्ड ससेस
पोर्क ग्रील्ड
भेज ग्रील्ड
हट सस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment