Comments Add Comment

सरकारले गरिब जनतालाई करको मारमा पार्‍यो : सांसद कार्की

फाइल तस्वीर

२९ साउन, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले जनतालाई करको मारमा पारेको आरोप लगाएको छ ।

नेपाली कांगे्रेसका नेता एवम् पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले गरिब जनतालाई करको मारमा पारेको आरोप लगाएका हुन् ।

संघीय संसद अर्थ समितिको मंगलबारको बैठकमा बोल्दै उनले गरिब जनतालाई सेवा र सुविधा बढाउने काममा केन्द्रित हुन पनि सरकारलाई सचेत गराए ।

समितिका सदस्य समेत रहेका कार्कीले सरकारले जनताको कर तिर्ने क्षमता विकास गर्न विशेष ध्यान दिनुपर्नेमा पनि जोड दिए । उनले आयात प्रतिस्थापन गरेर व्यापार घाटा कम गर्न पनि सरकारसँग आग्रह गरे ।

कांग्रेस नेता कार्कीले राजस्वको कर निर्धारणको प्राथमिकतालाई समयानुकूल परिमार्जन गर्दै लैजान पनि सरकारको ध्यानाकर्षण गराए । उनले मुलुकलाई समृद्ध बनाउन निजी क्षेत्रको सहकार्यलाई उच्च प्राथमिकता दिन पनि सरकारसँग आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment