३० साउन, काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षमा १ अर्ब २९ करोड ७३ लाख ३ हजार रुपैयाँ मूनाफा आर्जन गरेको छ ।
बैंकको सञ्चालन नाफा र खुद ब्याज आम्दानीमा राम्रो प्रगति भएको छ । बैंकले १ अर्ब ८७ करोड ४५ लाख ११ हजार रुपैयाँ सञ्चालन मूनाफा आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकको सञ्चालन नाफा १ अर्ब ८६ करोड १२ लाख रुपैयाँ थियो ।
बैंकले गत आर्थिक वर्षमा २ अर्ब ७३ करोड ७ लाख ७३ हजार रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत वर्ष खुद ब्याज आम्दानी २ अर्ब ४३ करोड रुपैयाँ थियो ।
बैंकले ७२ अर्ब ४७ करोड ४७ लाख २० हजार रुपैयाँ निक्षेप लिएर ६५ अर्ब ८ करोड १ लाख ८८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । खराब कर्जा अघिल्लो वर्ष जस्तै अहिले पनि ०.३८५ मा सीमित छ । कस्ट अफ फन्ड भने ४.७६५ बाट बढेर ७.६१५ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4