Comments Add Comment

मेगा बैंक पनि अर्बपति क्लबमा

२९ साउन, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको मुनाफा एक अर्ब रुपैँया नाघेको छ । स्थापनाको छोटो अबधिमै मेगा बैंकको बार्षिक खुद मुनाफा एक अर्ब नाघेको हो । गत आर्थिक बर्षमा बैंकको खुद मुनाफा ३२ प्रतिशतले बढेर १ अर्ब ४ करोड ६६ लाख पुगेको प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले बताइन् ।

‘मेगा बैंक स्थापनाको भर्खरै ८ बर्ष भएको छ । तर, यति छोटो अवधिमै बार्षिक नाफा एक अर्ब नाघ्नुलाई हामीले ऐतिहासिक सफलताको रुपमा लिएका छौँ, सिइओ खुञ्जेलीले भनिन्, ‘अब हामी गर्वका साथ बिलिनियर क्लवमा प्रवेश गरेका छौँ ।

वास्तवमा २०७५ साल बैशाख ३० गते टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जर भएको हुनाले ९ महिनाको खुद मुनाफाबाट १४ करोड रुपैँया रिजर्भमा लगेर राखेका छौँ । योसहित जोड्ने हो भने मेगा बैंकले गत आर्थिक बर्षमा १ अर्ब १९ करोड रुपैँया खुद मुनाफा आर्जन गरेको छ ।

मेगा बैंकको ग्राहक संख्या ९० प्रतिशतले बढेको छ । २ लाख ६० हजार ग्राहक रहेकोमा गत आर्थिक बर्षमा ४ लाख ९६ हजार पुगेको बैंकले जनाएको छ ।

आर्थिक बर्ष २०७३/७४ मा कुल निक्षेप ३८ अर्ब ९४ करोड रुपैँया भएकोमा २०७४÷७५मा ६२ करोड रुपैँया पुगेको छ । जुन २४ अर्ब ३ करोड रुपैँयाले बढी हो । यसैगरी, सोही अवधिमा कर्जा २२ अर्ब ७ करोड रुपैँयाले बढेको छ । कुल कर्जा ३५ अर्ब १९ करोड रुपैँयाले वृद्धि भई ५७ अर्ब २६ करोड रुपैँया पुगेको हो ।

स्थापनाको नवौँ बर्षमा आइपुग्दा मेगा बैंकको शाखा संख्या १०१ वटा पुगेको छ । गत आर्थिक बर्षमा बैंकको ४७ वटा शाखा मात्र थियो । यसैगरी, देशभर मेगा बैंकका १४ वटा एक्टेनशन काउन्टर, ११९ वटा शाखारहित बैंकिङ सेवा, २ हजार भन्दा बढी मेगा रेमीट सञ्जाल र ७४ वटा एटीएम छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment