Comments Add Comment

सफ्टएडले पाँच सय विद्यार्थीलाई छात्रवृत्ति दिने

काठमाडौं । सफ्टएड ग्रुपले आफ्ना कलेजहरुमा विद्यार्थी अध्ययनका लागि सतप्रतिशतसम्म छात्रवृत्तिको घोषणा गरेको छ । यो छात्रवृत्ति २४ अगस्टमा वितरण गरिनेछ ।

‘सक्षम नेपाली विद्यार्थीलाई अध्ययन गर्ने वातावरण उपलब्ध गराउन यो छात्रवृत्ति उपलब्ध गराइएको हो,’ समूहका अध्यक्ष विज्ञान श्रेष्ठले जानकारी दिए, ‘सतप्रतिशत छात्रवृत्ति प्रदान गर्न सक्दा विद्यार्थीको मनोबल बढ्ने र अध्ययनकै लागि विदेश जाने परम्परामा कमी आउने हाम्रो विश्वास छ ।’

यो समूहले सञ्चालन गरिरहेका कलेजहरुमा ५ सयभन्दा धेरै विद्यार्थीलाई सूचना प्रविधिका विभिन्न कोर्षमा छात्रवृत्ति दिइने छ । सफ्टएडका अनुसार प्लस टु उत्र्तिण विद्यार्थीले २४ अगस्टमा सफ्टवेरिका कलेज, सनवे कलेज, युनिक्याम्पस र च्वाइसमेकरको अफिसमा फर्म भरेर छात्रवृत्तिका लागि आवेदन दिन सक्छन् ।

छात्रवृत्तिका लागि कलेजले प्लस टुको परिक्षामा प्राप्ताङ्कका साथै अन्तर्वार्ता र लिखित परीक्षालाई आधार बनाउने छ । सफ्टएड समूहले जारी गरेको विज्ञप्ति अनुसार अपाङ्गता भएका व्यक्तिलाई र ‘क्रोनिक’ स्वास्थ्य समस्या भएका विद्यार्थीलाई पनि छात्रवृत्ति प्रदान गरिने छ ।

यो छात्रवृत्ति सनवे कलेजमा ब्याचलर अफ कम्प्युटर साइन्स प्रोग्रामका लागि मान्य हुने समूहले जनाएको छ । त्यस्तै, सफ्टवेरिका कलेजका विभिन्न कार्यक्रममा पनि यो स्कलरसिप मान्य हुनेछ । सफ्ट एजुकेसन ग्रुपले यो छात्रवृत्तिले नेपालमा आइटी क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा सहयोग गर्ने विश्वास लिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment