Comments Add Comment

संसदीय समितिको सभापति चयन भदौ १७ गते


१ भदौ, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका समितिका सभापतिको निर्वाचन मिति सरेको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा सभामुख कृष्णबहादुर महराले सभापति निर्वाचन भदौ १७ गते हुने जानकारी गराएका हुन् ।

उनले विशेष कारणले प्रतिनिधिसभा नियमावलीको नियम १ सय ७३ को उपनियम १ बमोजिम समिति सभापतिको निर्वाचन कार्यतालिका सारिएको बताए ।

सभामुख महराले समितिको सभापति निर्वाचन सम्बन्धी संशोधित सूचना प्रकाशित गर्न प्रतिनिधिसभाका सचिव गोपाल नाथ योगीलाई निर्देशन दिए । यसअघि सभापतिको निर्वाचन भाद्र ५ गते मंगलबार ११ बजेका लागि तोकिएको थियो ।

यसैबीच बैठकमा सरकारले भुक्तानी तथा फर्स्यौट विधेयक २०७५ विधेयक प्रस्तुत गरेको छ । सरकारका तर्फबाट अर्थमन्त्री युवराज खतिवडाले सो विधेयक प्रस्तुत गरे ।

विधेयकमाथि कुनै पनि विरोधको सूचना परेका छैनन् । अर्को बैठक भदौ ४ गते सोमबार १ बजेका लागि बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment